नवौं राष्ट्रिय खेलकुदमा सोमबार विभागिय क्लव आर्मी, एपिएफ र बागमती प्रदेशले सोमबार एक एक स्वर्ण पदक जितेका छन् ।
पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको फेन्सिङको पुरुष साबरमा एपीएफका राजेन्द्र गजुरेलले स्वर्ण जित्दा, पुरुष ईपीमा बागमतीका ओमकार सिंहले स्वर्ण जितेका छन् ।
त्यस्तै महिला फ्वइलमा आर्मीकी रमा कुमारी सिंहले स्वर्ण पदक जितेकी हुन् ।
एपिएफका राजेन्द्र गजुरेलले फेन्सिङ्ग अन्तरगतको सावर विधमा एपिएफका लागि स्वर्ण जितेका छन् । उनले थोरै अंकको अन्तरमा सेनाका उपेन्द्र शाहीलाई १५–१२ अंकले पराजित गर्दै स्वर्णमा आफ्नो नाम लेखाएका हुन् ।
एपिएफका खेम खत्री र सेनाका रघु बीर चन्द संयुक्त तेश्रो हुँदै कास्य पदक प्राप्त गरे ।
इपी विधामा ओमकार सिंहले बागमती प्रदेशका लागि दोश्रो स्वर्ण जोडे । ओमकारले सेनाका राम थापालाई झिनो अन्तरले पराजित गर्दै स्वर्ण कब्जा गरेका हुन् । ओमकारले रामलाई १५–१४ अंकले पराजित गर्दै स्वर्ण जितेका हुन् । तेश्रो स्थानमा सेनाका मिन कार्की र गण्डकीका विजय अधिकारी रहे ।
फ्वलको महिला तर्फको प्रतिस्पर्धामा सेनाकी रमा कुमारी सिंहले जित हात पार्दै सेनाको खातामा स्वर्ण जित्न सफल भईन् । उनले एपिएफकी मनिषा राईलाई १५–१४ अंकले पराजित गर्दै स्वर्णको हकदार बनिन् । एपिएफकी मन्दिरा थापा र अनिता अधिकारीले कास्यमा चित्त बुझाए ।