पाकिस्तानविरुद्धको टी २० सिरिज इंग्ल्याण्डले जितेको छ ।
पाहुना टोली इंग्ल्याण्डले अन्तिम तथा सातौं टी २०मा पाकिस्तानलाई ६७ रनले पराजित गर्दै सिरिज ४–३ ले आफ्नो पक्षमा पारेको हो ।
इंग्ल्याण्डले दिएको २१० रनको लक्ष्य पछ्याएको घरेलु टोली पाकिस्तानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो ।
पाकिस्तानले टस जितेर पहिला बलिङ रोजेको थियो । जुन उसका लागि घातक नै सावित भयो ।
इंग्ल्याण्डका साल्ट र हेल्सले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए ।
हेल्स १८ रन बनाएर आउट भएका थिए । त्यसपछि २० रन जोडेर साल्ट पनि पभेलियन फर्किएका थिए ।
यतिबेला पाकिस्तानले खेलमा कमब्याक पनि गरेको थियो । तर डेविड मलान र बेन डुकेटले धुवाँधार पारि खेले ।
उनीहरुले टिमको स्कोर १०० प्लस बनाए । डुकेट ३० रनबनाएर आउट भएका थिए ।
मलानले अर्धशतक पूरा गरेका थिए ।
हेरी ब्रुकले नटआउट ४६ रन बनाए भने मलानले ७८ रनको पारि खेले ।
यी दुईले अन्तिमसम्म क्रिजमा टिक्दै टिमको स्कोर ३–२०९ बनाएर फर्किएका थिए । पाकिस्तानका मोहम्मद हसनले १ विकेट लिए ।
जवाफमा पाकिस्तानको सुरुआत भने राम्रो रहेन ।
सान मसुदले ५६ रन बनाउँदा खुसदील साहले २७ रन जोडेका थिए । यसैगरी इफ्तिकर अहमेदले १९ रन जोडे । इंग्ल्याण्डका क्रिस वोक्सले सर्वाधिक ३ तथा डेभिड वेलीले २ विकेट लिए ।