मिलान — नेपोलीले इटालीको सिरी ‘ए’ को शीर्ष स्थानमा सात अंकको अग्रता खोलेको छ । उसले यसका लागि १० खेलाडीमा सीमित भएको साम्पडोरियालाई २–० ले हराएको हो । नेपोलीले भिक्ट ओसिमनको गोलले अग्रता लिएको थियो ।
खेलको अन्त्यतिर एलिफ इलमसले पेनाल्टीबाट दोस्रो गोल थपे । यो जितपछि नेपोलीको १७ खेलबाट ४४ अंक भएको छ । यही खेलका क्रममा साम्पडोरियाले हालै निधन भएका आफ्ना पूर्व खेलाडी जियानलुका भियालीलाई श्रद्धाञ्जली पनि दिएको थियो ।
उसको पछाडि समान ३७ अंकमा युभेन्ट्स र एसी मिलान रहेका छन् । मिलान अर्को खेलमा एएस रोमासँग २–२ को बराबरीमा रोकियो । इन्टर मिलान ३४ अंकमा चौथो स्थानमा छ ।