नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले पदबाट राजिनामा दिएका छन् ।
नामेवियामा भएको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाली टिमले खराबर प्रदर्शन गरेपछि कोचमाथि दवाव बढेको थियो ।
नेपाल क्रिकेट संघ क्यान र प्रशिक्षक प्रभाकरबीच छलफल भइरहेका बेला प्रभाकर नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
नयाँ दिल्लीबाटै क्यानलाई राजिनामा पठाएका हुन् । उनको राजिनामा नेपाल क्रिकेट संघ क्यानले स्वीकृत गर्दै आजै देखि लागू भएको पनि जनाएको छ ।
तत्कालिन प्रशिक्षक पुवुदु दशानायकेले छाडेपछिसाउन २३ गते क्यानले प्रभाकरलाई १ वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
तर यसबीचमा नेपाली टिमको प्रदर्शन खस्कदै गएपछि उनलाई बर्खास्त गर्ने तयारी क्यानले गरिरहेका बेला प्रभारकले नै राजिनामा दिएर मार्ग प्रशस्त गरेका हुन् ।
नेपाली क्रिकेट टिम अहिले आईसीसी विश्वकप लिग टू खेलिरहेको छ ।
एक दिवसीय वरियताका लागि पनि महत्वपूर्ण यो प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर बन्दै जाँदा एक दिवसीय मान्यता पनि धरापमा पर्न थालेको छ ।
क्यानले अब चाँडै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउने जनाएको छ ।