• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » नेपालले महिला एसिया कपबाट दुखद विदाई – हारका कथाले सताउछ

नेपालले महिला एसिया कपबाट दुखद विदाई – हारका कथाले सताउछ

24/07/2024

नेपालले महिला एसिया कपबाट दुखद विदाई – हारका कथाले सताउछ

नेपालले महिला एसिया कप क्रिकेटमा आफ्नो यात्रा समूह चरणमै अन्त्य गर्नुपर्‍यो। श्रीलंकामा जारी प्रतियोगितामा नेपाल समूह एमा भारत र पाकिस्तानसँग पराजित भएपछि समूह चरणमा केवल एक खेलमात्रै जितेर घर फर्कियो। अन्तिम खेलमा भारतसँग ८२ रनको पराजय भोग्नुपर्‍यो।

नेपालले उद्घाटन खेलमा युएईलाई पराजित गरेर राम्रो शुरुवात गरेको थियो। तर, पाकिस्तान र भारतसँगको पराजयपछि टिमले आफ्नो यात्रा समाप्त गर्नुपर्‍यो।

मंगलबारको खेलमा भारतले पहिला ब्याटिङ गर्दै ३ विकेट गुमाएर १७८ रनको विशाल योगफल तयार पार्‍यो। जवाफमा नेपालको टोली ९ विकेट गुमाएर ९६ रनमै रोकियो।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २२ रन बनाइन् भने रुविना क्षेत्रीले १५ तथा कप्तान इन्दू वर्माले १४ रनको पारि खेले। विशाल लक्ष्य पछ्याउन उत्रिएको नेपाली टोलीले ८ रन हुँदा पहिलो विकेट गुमाएको थियो।

नेपालका सम्झना खड्काले ७ बलमा ७ रन बनाएर आउट हुँदा एक चौका प्रहार गरिन्। सितालाई साथ दिन आएकी कविता कुँवरले ११ बलमा ६ रनको पारि खेल्दा एक चौका प्रहार गरिन्। नेपालको स्कोर ४.४ ओभरमा २१ रन बनाएको थियो।

सिता र इन्दू मिलेर पारि सम्हाल्ने प्रयास गरेका थिए। ९.२ ओभरमा ४३ रन बनेका बेला इन्दूको विकेट गुम्यो। इन्दूले १८ बलमा २ चौकाको मद्दतले १४ रन जोडिन्। चौथो विकेटको रुपमा ओपनर सिता आउट भइन्, उनले २२ बलमा ३ चौकाको मद्दतले १८ रन जोडेकी थिइन्।

१३.४ ओभरमा टिमको स्कोर ६४ रन हुँदा नेपालले पाँचौं विकेट गुमाएको थियो। नेपालकी रुविना क्षेत्री १६ बलमा १५ रन बनाएर आउट भइन्। कविता जोशी खाता नखोल्दै आउट हुँदा पुजा महतोले २ रन बनाइन्। डोली भट्ट ५ रन बनाएर आउट हुँदा नेपालले १६.२ ओभरमा ८ विकेट गुमाएर ८२ रन बनाएको थियो। यसैगरी विन्दू रावलले नटआउट १७ रन बनाउँदा काजल श्रेष्ठले ३ रनमा आउट भइन्। यस्तै, सवनम राई १ रनमा नटआउट रहिन्।

भारतका लागि दीप्ती शर्माले ३ विकेट लिँदा अरुणधति रेड्डी, दीप्ती शर्मा र राधा यादवले दुई दुई विकेट लिए।

श्रीलंकाको दाम्बुलामा भारतकी कप्तान स्मिृति मन्धनाले टस जितेर पहिला ब्याटिङ रोजेकी थिइन्। भारतका नियमित ओपनर सेफाली बर्मा र दयालन हेमलता क्रिजमा आएका थिए। यी दुई ओपनरले पहिलो विकेटका लागि १२२ रनको साझेदारी गरे। उक्त साझेदारी नेपालका सिता रानामगरले तोडेकी थिइन्। १४ औं ओभरमा सिताले रुविना क्षेत्रीबाट आउट गराइन्। पहिलो विकेटको रुपमा दयालन हेमलता ४२ बलमा ४७ रन बनाएर पभेलियन फर्किइन्। उनले एक छक्का र पाँच चौका प्रहार गरिन्।

यसैगरी सेफाली बर्मालाई पनि सिताले नै पभेलियन पठाइन्। उनलाई विकेटकिपर काजल श्रेष्ठसँग मिलेर आउट गरिन्। सेफालीले ४८ बलमा ८१ रनको शानदार पारि खेलिन्। उनले एक छक्का र १२ चौका प्रहार गरिन्।

तेस्रो विकेट भारतले १८.३ ओभरमा गुमाएको थियो। भारतकी सजीवन साना ११ बलमा १८ रन बनाएर आउट भइन्। उनलाई कविता जोशीले एलबीडब्ल्यू आउट गरिन्। भारतका जेमिना रोड्रिगेजले १५ बलमा ५ चौकाको मद्दतले नटआउट २८ रन बनाउँदा रिचा घोषले ३ बलमा एक चौकाको मद्दतले नटआउट ६ रन जोडिन्।

नेपालका लागि सिता रानामगरले सर्वाधिक २ विकेट लिँदा कविता जोशीले एक विकेट हात पारिन्।

सिताले ४ ओभरमा २५ रन खर्चिदा कविताले ४ ओभरमा ३६ रन दिइन्। यसैगरी, कविता कुँवरले २ ओभरमा २० रन खर्चिदा सबनम राईले ४ ओभरमा ४१ रन दिइन्। पुजा महतोले १ ओभरमा १३ रन दिइन् भने रुविना क्षेत्रीले १ ओभरमा १४ रन खर्चिइन्। इन्दु वर्माले ४ ओभरमा २९ रन खर्चिन्।

समूह एबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाएका छन्।

 

यी कठिनाईहरुले नेपाली महिला क्रिकेटको यात्रा कठिन बनाउन सक्छ, तर हाम्रो टिमले गरेको मेहनत र समर्पण सधैं प्रेरणादायक छ। खेलकुदको यो यात्रा हाम्रो लागि महत्वपूर्ण छ र हामी सबैले यसलाई समर्थन गरौं। हाम्रा खेलाडीहरुको लागि यस चुनौतीलाई पार गर्न समर्थन गरौं। जुवा, क्रिकेट, फुटबल, खेलकुद सम्बन्धी जानकारीका लागि sartplay.com, sart88.com र sart-news.com हेर्नुहोस्।

 

 

Share
Tweet

RELATED ARTICLES

  • पन्जाब र दिल्लीको रोमाञ्चक खेल रद्द: फ्लडलाइट बिग्रियो कि सुरक्षा कारण, आइपीएलमा कस्तो प्रभाव?

    09/05/2025

  • कोलकातालाई चेन्नईको धक्का: आइपीएलमा रोमाञ्चक हार, प्लेअफको बाटो कति कठिन?

    08/05/2025

  • गुजरातको रोमाञ्चक जित: वर्षाले प्रभावित खेलमा मुम्बईलाई हराउँदै आइपीएलको शीर्ष स्थान, ट्रफी कसको हातमा?

    07/05/2025

  • आइपीएलमा हैदराबाद आउट: दिल्लीको प्लेअफ आशा कायम, कसले जित्ला ट्रफी?

    06/05/2025

  • आइपीएलमा गुजरातको शानदार जित: हैदराबादलाई ३८ रनले हरायो, प्लेअफमा कसले बाजी मार्ला?

    03/05/2025

  • गुजरातको बलियो चुनौती: राजस्थानलाई २१० रनको लक्ष्य, प्लेअफको सपना जोगाउन सक्ला?

    29/04/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.