नेपालले एसिसी यू-१६ इस्ट जोन कपको फाइनलमा मलेसियाविरुद्ध टस जितेको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपालका कप्तान अभिषेक तिवारीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । नेपालले प्रतिक पोखरेलको स्थानमा सागर गैरेलाई मौका दिएको छ । टोलीमा अन्य कुनैपनि खेलाडी परिवर्तन गरेको छैन ।
नेपाल मलेसियालाई हराउँदै लगातार तेस्रो पटक उपाधि जित्न चाहन्छ । सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई ९७ रन तथा मलेसियाले हङकङलाई ७८ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
समूह चरणमा नेपालले थाईल्यान्डलाई २ सय २५ र मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । मलेसियाले थाईल्यान्डलाई १ सय १८ रनले हराउँदै सेमिफाइनल खेलेको थियो ।