नेपाललाई २०२३ मा विश्व क्रिकेटका शक्तिशाली देश भारत र पाकिस्तानसँग खेल्न पाउने अवसर छ । एसियन क्रिकेट काउन्सिले आफ्नो २०२३/२४ को क्यालेन्डर सार्वजनिक गर्दा नेपाललाई उक्त अवसर देखिएको हो ।
एसिसीको क्यालेन्डर अनुसार नेपालको सिनियर टोली, यू-१९ टोली र महिला टोलीले थुप्रै प्रतियोगिता खेल्न पाउनेछ । एकदिवसीय एसिया कप प्रमुख अवसर हो । एसिया कप सेप्टेम्बरमा हुनेछ । पाकिस्तानलाई उक्त आयोजना जिम्मा दिइएको बताएपनि एसिसीले क्यालेन्डरमा कस्ले आयोजना गर्ने खुलाएको छैन ।
एसिया कप समूह ए मा भारत, पाकिस्तान र क्वालिफायरबाट आउने एक टोली हुनेछन् । समूह बी मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन् । नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग प्रिमियर कप जित्नु पर्ने हुन्छ । एसिसीले पहिलो पटक प्रिमियर कप आयोजना गर्ने छ । यसअघि जस्तो इस्टर्न र वेस्टर्न रिजन छनोट भने अवदेखि हुनेछैन ।
५० ओभरको प्रिमियर कपको समूह ए मा युएई, नेपाल, कुवेत, कतार र क्वालिफायरबाट आउने एक टोली हुनेछ । अर्को समूहमा ओमान, हङकङ, सिंगापुर, मलेसिया र क्वालिफायरबाट आउने एक टोली हुनेछ । यस प्रतियोगिता अप्रिलमा हुनेछ । यस प्रतियोगिता जित्न सके नेपालले एसिया कप खेल्नेछ ।
के के छन् नेपालले एसिसीको क्वालेन्डरमा खेल्ने तालिका ?
मार्चमा नेपालको यू–१६ टोलीले रिजनल प्रतियोगिता खेल्नेछन् । प्रतियोगिता ३५ ओभरको हुनेछ । अप्रिलमा पुरुष टोलीले प्रिमियर कप खेल्नेछ । प्रिमियर कप उपाधि जित्न सके नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
प्रिमियर कपमा १० टोली छन् । दुई टोलीमा विभाजन गरिएको छ । सेमिफाइनल हुँदै फाइनल हुनेछ । तेस्रो स्थानको लागि पनि प्रतिस्पर्धा हुनेछ । शीर्ष तीन टोली इमेर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।
जुलाईमा इमेर्जिङ टिम्स एसिया कप ५० ओभरको हुनेछ । नेपाल यदि प्रिमियर लिगमा शीर्ष तीनमा पर्न सके इमर्जिङ टिम्स एसिया कप खेल्नेछन् । समूह ए मा भारत, पाकिस्तान र श्रीलंका ए टोलीसँगै छनोटबाट आउने एक एसोसियट देश हुनेछ । अर्को समूहमा अफगानिस्तान, बंगलादेशको ए टोलीसँगै क्वालिफायरबाट आउने दुई टोली हुनेछन् ।
आगमी नोभेम्बरमा यू–१९ प्रिमियर कप हुनेछ । युएई, नेपाल, कुवेत, कतार र क्वालिफायरबाट आउने एक टोली समूह ए मा हुनेछ । समूह बी मा ओमान हङकङ, सिंगापुर, मलेसिया र क्वालिफायरबाट आउने एक टोली हुनेछन् । यस प्रतियोगिताबाट तीन टोलीले यू–१९ एसिया कपमा स्थान बनाउने छन् । एसिया कप यू–१९ आगमी डिसेम्बरमा हुनेछ ।
यू–१९ एसिया कपमा भारत, पाकिस्तान, क्वालिफायर एक र टु रहनेछन् । समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र क्वालिफायर थ्रीको टोली हुनेछ । पहिलो पटक २०२४ को फेब्रुअरीमा टि२० च्यालेन्जर कप हुनेछ । जसमा वरियता १४ देखि २३ सम्मका एसोसियट टोली हुनेछन् । २०२४ को अप्रिलमा टि२० प्रिमियर कप हुनेछ । प्रिमियर कपमा वरियता ६ देखि १३, तथा क्वालिफायरबाट आउने दुई टोली हुनेछन् । अन्य थुप्रै प्रतियोगिता हुनेछन् ।