भारतीय मिक्स्ड मार्सल आर्टको प्रसिद्ध इभेन्ट गोवा कम्ब्याट २०२२ अन्तर्गत नेपाली खेलाडी रविन्द्र धातले मेन इभेन्टमा भारतीय खेलाडीलाई नकआउट गरेका छन् । उनले मुख्य बाउट जित्दै ५० हजार भारतीय रुपैयाँ पनि जिते ।
सोमबार भएक स्पर्धामा लक एन्ड रोल एमएमए क्लबको प्रतिनिधित्व गरेका रविन्द्रले भारतका रवी शालाई दोस्रो चरणमा नकआउट गरेका थिए । स्थानीय प्रतियोगितामा राम्रो लयमा रहेका रविन्द्रले मेन इभेन्टको बाउटमा विपक्षीलाई कुनै मौका नै दिएनन् । उनले सुरुवातदेखि नै एकतर्फी दबाब बनाएका थिए । दोस्रो राउन्डको चौथो मिनेटमा रेफ्रीले खेल रोकेका थिए ।
त्यस्तै गोवा कम्ब्याट अन्तर्गत के१ को मेन इभेन्टमा रेज फिटनेसको प्रतिनिधित्व गरेका कोशिश श्रेष्ठले भारतका शेरा कोटकेनीलाई पराजित गरे । उनले पनि दोस्रो चरणमा नकआउट गर्दै जित हासिल गरेका थिए ।