आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको तेस्रो खेलमा नेपाल घरेलु टोली नामिबियासँग पराजित भएको छ । नेपाल ८६ रनले पराजित भएको हो ।
जितको लागि २ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४६.५ ओभरमा १ सय ८९ रनमा समेटियो । कप्तान रोहित पौडेलले सर्वाधिक ४४ रन बनाएपनि अन्य ब्याटरबाट राम्रो प्रदर्शन हुन नसक्दा नेपाल कम योगफलमै समेटिन पुग्यो ।
ओपनर अर्जुन साउदले ५४ बल खेल्दा १ चौका र २ छक्काको मद्दतमा २९ रन जोडे । अर्का ओपनर कुशल भुर्तेल ३ रनमै आउट भए । आसिफ शेख ७ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्लले ३० रन जोडे ।
गुल्सन झा २ रनमा आउट भएपछि नेपाल दवावमा परेको थियो । दीपेन्द्र सिंह ऐरीले ३४ रन बटुले । आसिफ शेखले १८ रन जोड्दा सोमपाल कामी शुन्यमा आउट भए । ललित राजवंशीले ११ रन जोड्दा सागर ढकाले शुद्ययमा आउट भए ।
नामिवियाका जेजे स्मिथ, टांगेनी लुंगामेनी र पिक्की या फ्रान्सले समान २ विकेट लिए । रुवेन ट्रमपेलमान, बर्नाड सोल्ज र मिचेल भान लिंगेनले समान एक विकेट लिए ।
त्यसअघि युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा बुधबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७५ रन बनायो । नामिवियाका मिचेल भान लिंगेनले सर्वाधिक ११९ रनको योगदान दिए । उनले १११ बलमा १५ चौका र १ छक्का प्रहार गरे ।
कप्तान जेरहार्ड इरासमले ७६ बलमा एक चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाए । जान निकोल लोफ्टी एटनले ३२ बलमा ४ चौका र एक छक्काको सहयोगमा ४० रन बटुले । ओपनर लो हान्ड्रे लोउरेन्सले १४ तथा अर्का ओपनर डिभान ला कुक १८ रनमा आउट भए । जेजे स्मिथ २ रनमा आउट भए ।
जाने ग्रीन रनमा तथा पिक्की या फ्रान्स रनमा अविजित रहे । नेपालका ललित राजवंशीले १० ओभरमा ३४ रन खर्चदै ३ विकेट लिए । सोमपाल कामीले १० ओभरमा १ मेडनसहित ५३ रन खर्चदै २ विकेट लिए । सागर ढकालले ६ ओभरमा २७ रन खर्चिएर १ विकेट हात पारे ।
नामिबिया भ्रमणमा नेपालकाे याे दाेस्राे हार हाे । यसअघि नेपाल स्कटल्याण्डसँग ३ विकेटले पराजित भएकाे थियाे । वर्षाका कारण नामिवियासँगकाे पहिलाे खेल रद्व हुँदा अंक बाड्नुपरेकाे थियाे । नेपाल अन्तिम खेलमा हीबार स्कटल्याण्डसँग खेल्दै छ ।
अंक तालिका
स्कटल्यान्ड ३० खेलमा २१ मा जित र ७ मा हारकासाथ ४४ अंक जोड्दै शीर्ष स्थानमा छ । ओमान ३६ खेलमा २१ खेलमा जितका साथ ४४ अंक जोड्दै नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जितका साथ ३५ अंक जोड्दै तेस्रोमा छ । नामिबिया २९ खेलमा १७ मा जितका साथ ३५ अंक जोड्दै चौथो स्थानमा छ । युएई २६ खेलमा १२ मा जितका साथ २७ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २३ खेलमा ८ मा जित र १३ मा हारसहित १८ अंक जोड्दै छैटौं स्थानमा छ । पपुवा न्युगिनी २८ खेलमा २ मा जितका साथ पुछारमा छ ।