श्रीलंकाले भारतविरुद्धको शृंखला अन्तर्गत दाेस्राे खेलमा १६ रनकाे राेमान्चक जित हासिल गरेकाे छ ।
पहिलाे खेलमा २ रनले हारेकाे श्रीलंकाले याे जितसँगै शृंखला बराबरी गरेकाे हाे । शनिबार हुने तेस्राे खेलले शृंखलाकाे विजेता टुंगो लगाउने छ ।
पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको श्रीलंका कुशल मेन्डिस र दुसान शनाकाकाे अर्धशतक सहयाेगमा ६ विकेट गुमाएर २०६ रनकाे याेगफल खडा गरेकाे थियाे ।
अाेपनरहरु कुशल र पाथुम निशान्काले ८० रनकाे साझेदारी गरी बलियाे सुरुवात गरेका थिए। निशान्का ३२ रनकाे व्यक्तिगत स्काेरमा आउट भए । कुशलले ३१ बलमा ३ चाैका र ४ छक्कासहित ५१ रन बनाए ।
श्रीलंकाको लागि मध्यक्रमका चरिथ अशलंकाले ३३ रन बनाए । कप्तान शनाकाले विष्फाेटक ब्याटिङ गर्दै पारीकाे अन्त्य गरे । उनले चमिका करुणारत्नेसँग मिलेर साताैं विकेटका लागि अविजित ६८ रनकाे साझेदारी गरे। शनाकाले २२ बलमा २ चाैका र ६ छक्कासहित ५६ रन बनाए ।
बलिङमा भारतका उमरान मल्लिकले ३, अक्सर पटेलले २ र युजवेन्द्र चहलले १ विकेट लिए ।
जवाफमा भारतले निर्धारित अाेभरमा ८ विकेट गुमाएर १९० रनमात्र बनाउन सक्याे । भारतका शीर्षक्रमका ब्याटरहरु सस्तैमा आउट हुँदा सूर्यकुमार यादवले ५१ रनकाे अर्धशतकीय पारी खेले ।
उनले अक्सर पटेलसँग मिलेर छैटौं विकेटका लागि ९१ रनको साझदारी गरेका थिए । अक्सर पटेलले ३१ बलमा ६५ रनको सानदार पारी खेले ।
बलिङमा श्रीलंकाको दीलसान मदुशांका, कासुन रजिथा र कप्तान शानाकाले २-२ विकेट लिए ।