भारतविरुद्धको तेस्रो तथा अन्तिम टी २० क्रिकेटमा दक्षिण अफ्रिका ४९ रनले विजयी भएको छ ।
गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारत १७८ रनमा अलआउट भयो ।
अन्तिम खेलमा भारत पराजित भएपनि सिरिज भने २–१ ले आफ्नो पक्षमा पारेको छ ।
पहिलो टी २० मा ८ विकेटको जित दर्ता गरेको थियो भने दोस्रो टी २०मा भारत १६ रनले विजयी भएको थियो ।
भारतीय टिम आज आइसीसी टी २० विश्वकप क्रिकेटका लागि अष्ट्रेलिया प्रस्थान गर्ने छ ।
पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर २२७ रन बनएको थियो ।
उसका रेली रोसवाले नटआउट शतकीय पारि खेल्दा क्वीन्टन डी कक ६८ रनमा आउट भएका थिए ।
भारतका दीपक चहार र उमेश यादवले एक एक विकेट लिए ।
जवाफमा भारत १८.३ ओभरमा सवै विकेट गुमाएर १७८ रनमा रोकियो ।
भारतका दिनेश कार्तिकले सर्वाधिक ४६ रन बनाउँदा दीपक चहारले ३१ रनको योगदान गरे ।
ऋषभ पन्तले २७ रन बनाउँदा उमेश यादव २० रनमा नटआउट रहे ।
दक्षिण अफ्रिकाका डेविन पेट्रियोसले सर्वाधिक ३ विकेट लिँदा वेन पार्नेल, लुंगी एनगिडी र केशव महाराजले दुई दुई विकेट लिए ।