तिलोत्तमा नगरपालिका रुपन्देहीको आयोजनामा चौथो संस्करणको उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ ।
प्रतियोगिता माघ १२ गतेदेखि १४ गतेसम्म कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल तिलोत्तमा ८ रुपन्देहीमा हुनेछ । प्रतियोगिताको संयोजन कुँवरवर्ती स्कुलले नै गरेको छ ।
प्रतियोगितामा सहभागिताको लागि माघ ८ गतेसम्म दर्ता मिति तोकिएको छ । दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ । खेल लिग कम नकआउटको आधारमा हुनेछ । एक टोलीमा १० खेलाडी, १ व्यवस्थापक र १ प्रशिक्षक गरी १२ जना हुनुपर्नेछ ।
यस प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुदमा भाग लिएका र विभागीय टोलीका खेलाडीले खेल्न नपाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले ६१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । दोस्रो हुनेले ४१ हजार, तेस्रो हुनेले २१ हजार र तेस्रो हुनेले ११ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यस्तै विधागत पुरस्कार सर्वाेत्कृष्ट खेलाडी, स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो, अनुशाषित र उदियमान खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।