प्रिमियर लिगको डेब्यु खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका इरलिङ हालान्डको दुई गोलको मद्दतले म्यानचेस्टर सिटीले वेष्ट ह्यामविरुद्ध सहज जित निकालेको छ । यसका साथै सिटीले प्रिमियर लिगको उपाधि रक्षा गर्ने अभियानमा बलियो सुरुवात गरेको छ ।
वेष्ट ह्यामको घरेलु मैदान लण्डन स्टेडियममा भएको खेलमा हालान्डले खेलको सूरुवातबाट नै उत्कृष्ट खेल देखाएका थिए । यसै सिजन बोरुसिया डर्टमुण्डबाट म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हालान्डले आफ्नो रवाफलाई वेष्ट ह्यामविरुद्ध पनि देखाउन सफल भए ।
खेलको २७ औं मिनेटमा सिटीले खेलमा गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । हालान्डले डिब्रुइनलाई दिएको बलमा पाएको पासलाई गुन्डोगनले प्रहार गरेपनि त्यसलाई अफसाइड दिइयो ।
खेलको ३५ औं मिनेटमा सिटीले पेनाल्टी पायो । हालान्डलाई वेष्टह्यामका गोलकिपरले फल गरेपछि पाएको पेनाल्टीलाई हालान्डले नै गोल गरे ।
पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको सिटीले ६० औं मिनेटमा अर्को मौका पाएको थियो । डी ब्रुइनको क्रसमा गुन्डोगनले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलको ६५ औं मिनेटमा सिटीले खेल दुई शुन्यमा पुर्यायो । यसपटक पनि हालान्डले गोल गर्न सफल भए । उनले केभिन डी ब्रुइनाको पासको सदुपयोग गरेका थिए ।
हालान्ड प्रिमियर लिगको पहिलो खेलमा नै उत्कृष्ट सुरुवात गर्न सफल भए । त्यसपछि दुबै टिमबाट थप गोल हुन सकेन र सिटीले पहिलो खेलबाट स्पष्ट तीन अंक हात पार्यो । खेलको म्यान अफ दी म्याच हालान्ड नै बने ।
हालान्डले डेब्यु खेलमा नै ९१ प्रतिशत पास एक्युरेसी राखे भने २१ पास पुर्णरुपमा गरेका थिए । यस्तै पाँच सटमा दुई सट फ्रेममा राख्दै गोल गरेका थिए । दुई वटा राम्रो मौका गुमाउँदा एक गोल पेनाल्टीबाट गरेका थिए ।