एन्जल डि मारिया र मोइस किनको गोल मद्दतमा युभेन्ट्सले इटालियन सिरी ‘ए’ मा स्पेजियालाई पराजित गरेको छ ।
युभेन्ट्सले घरेलु टोल स्पेजियामाथि २–० को सहज जित हात पार्दै अंक तालिकामा सुधार गरेको छ । स्पेजियामा आइतबार राति भएको खेलको ३२औं मिनेटमा मोइस किनले गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए ।
उनले फिलिप कोस्टिकको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि ६६औं मिनेटमा एन्जल डि मारियाले डानिलोको पासमा गोल गर्दै युभेन्ट्सको सहज जित पक्का गराए ।
यस जितसँगै युभेन्ट्स २३ खेलबाट ३२ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित स्पेजिया १९ अंक जोडेर १७औं स्थानमा छ ।