इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । आज भएको खेलमा युनाइटेड टोटनहम हटस्परसँग २–० गोल अन्तरले पराजित भएको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा टोटनहमले दुवै गोल दोस्रो हाफमा गरेको हो ।
४९ औं मिनेटमा पेपेले गोल गर्दै टोटनहमलाई सुरुआती अग्रता दिलाएका थिए ।
८३ औं मिनेटमा युनाइटेडका लिसान्द्रो मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि उपहार गोलको मद्दतले टोटनहमले अग्रता दोब्बर बनायो ।
पहिलो खेलमा बराबरी गरेको टोटनहमले युनाइेटडलाई जित्दै स्पष्ट ३ अंक लिन सफल भयो ।
युनाइटेडको भने यो पहिलो हार हो ।