भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुइ सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने पक्का भएको छ । भारतले औपचारिक रुपमा बाहिरिएको जनाएको छ
चोटका कारण पुन : मैदान फर्किएका बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाउने पक्का भएको हो । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । बुमराहको स्थानकसलाई दिने केही दिनमा निर्णय गर्ने जनाएको छ ।
बुमराहले अघिल्लो दुई साता अघि अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलबाट पूनरागमन गरेका थिए । तेस्रो खेलमा भने बुमराहले ४ ओभरमा ५० रन खर्चेका थिए । जुन बुमराहले टि२० आई करिअरमा गरेको सबैभन्दा खराब प्रदर्शन थियो ।
भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बुमराह नहुँदा बलिङ आक्रामण कमजोर हुने देखिन्छ । टि२० एसिया कपमा बुमराह नहुँदाको असर परेको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका बुमराह पछिल्लो एक वर्षभने चोटबाट संघर्ष गरि रहेका छन् ।
बुमराहको गत मंगलबार अभ्यासको क्रममा ब्याक इन्जुरी भएको हो । टि२० विश्वकपमा भारतको मोहम्मद शामी र दीपक चाहर छन् । शामी कोरोनाको कारण अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध सिरिज खेलेका थिएनन् । चाहरले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा दुई विकेट लिएका थिए । बुमराह नहुँदा चाहरले स्थान लिनसक्ने सम्भावना देखिन्छ ।
चोटका कारण भारतका प्रमुख अलराउन्डर रविन्द्र जडेजाले भने टि२० विश्वकप गुमाई सकेका छन् । भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित शर्मा र दीनेश कार्तिक अहिले पनि टोलीमा छन् ।
त्यसपछि भारतले २०१४ को टि२० विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । २०१६ को टि२० विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइन्डिजसँग पराजित हुँदै बाहिरिएको थियो ।
सिरिजमा सानदार प्रदर्शन गर्दै आएपनि ठूला प्रतियोगितामा भारत लगातार चुक्दै आएको छ । टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् ।
भारतको विश्वकप खेल्ने टोली :
रोहित शर्मा (कप्तान), लोकेश राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।
वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।
पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स
समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे
सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता
सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता