जिम्बावेविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा भारतले शानदार सुरुआत गरेको छ । आज भएको खेलमा भारतले वेस्टइन्डिजलाई १० विकेटले पराजित गरेको हो ।
भारतले वेस्टइन्डिजविरुद्धको एक दिवसीय क्रिकेटमा लगातार १३ औं जीत दर्ता गर्न सफल भयो । भारतले सन् २०१० को ३ जून पछि लगातार एक दिवसीय क्रिकटमा जीत दर्ता गर्दै आएको छ । त्यसअघि हरारे स्पोर्टस क्बलमा भारत जिम्बावेसँग ७ विकेटले स्तव्ध भएको थियो । त्यसयता भने लगातार जीत निकाल्दै आएको छ ।
खेलमा भारतीय कप्तान केएल राहुलले टस जितेर पहिला बलिङ रोजेका थिए । टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले ४०.३ ओभर खेल्दै १८९ रनमा सवै विकेट गुमाएको थियो । जवाफमा भारतले ३०.५ ओभरमा विकेट नगुमाएर लक्ष्य पुरा गरेको हो । जीतसँगै ३ म्याचको सिरिजमा भारत सिरिजमा १–० ले अघि बढेको छ । भारतलाई जिताउन शिखर धवन र शुभमन गिलले उत्कृष्ट पारि खेले । शुभमन ८२ तथा शिखर ८१ रनमा नटआउट रहे । यी दुईले पछिल्ला चार एक दिवसीय मध्य ३ म्याचमा शतक भन्दा माथिको साझेदारी गर्दै आएका छन् ।
पहिला ब्याटिङ गरेको जिम्वावेले १८९ रन बनाउँदा रेगिस चाकावाभाले सर्वाधिक ३५ रन बनाउँदा ब्राड इभानले ३३ रनको नटआउट पारि खेले । यस्तै रिचार्ड नगरभाले ३४ रन जोडेका थिए । भारतका दीपक चहार, प्रसिद्ध कृष्ण र अक्षर पटेलले समान ३–३ विकेट लिए । दोस्रो खेल २० अगष्टमा हुने छ ।