युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह चरण अन्तर्गत ४ समूहको खेल हुँदैछ । समूह चरण अन्तर्गत पाँचौ चरणको खेलले समूहबाट अघि बढ्ने, युरोप लिगमा झर्ने र युरोपबाट बाहिरिने टोलीको समिकरण थप प्रष्ट पार्नेछ ।
समूह ई : चेल्सी ७, साल्जबर्ग ६, एसी मिलान ४, डिनामो जाग्रेब ४
साल्जबर्ग विरुद्ध चेल्सी – रातको १०:३० बजे
डिनामो जाग्रेब विरुद्ध एसी मिलान – मध्यरात १२:४५ बजे
चेल्सीले साल्ज्बर्गलाई पराजित गरे अन्तिम १६ मा स्थान बनाउनेछ । एसी मिलानले जाग्रेबलाई पराजित गरेको अवस्थामा भने चेल्सीलाई शीर्ष २ मा बस्न बराबरी पर्याप्त हुनेछ । साल्जबर्गले अन्तिम १६ मा पुग्न चेल्सीलाई हराएर मिलानको हारको कामना गर्नुपर्नेछ ।
समूह एफ : रियल म्याड्रिड १०, आरबी लाइप्जिग ६, शाख्तर डोनेस्क ५, सेल्टिक १
सेल्टिक विरुद्ध डोनेस्क – मध्यरात १२:४५ बजे
लाइप्जिग विरुद्ध रियल म्याड्रिड – मध्यरात १२:४५ बजे
लाइप्जिगले रियलमाथि जित हासिल गर्दै सेल्टिक विजयी भए जर्मन टोलीले अन्तिम १६ मा स्थान पक्का गर्नेछ । सेल्टिकले भने युरोपा लिगमा पुग्न जित दर्ता गर्नुपर्नेछ ।
समूह जी : म्यानचेस्टर सिटी १०, बोरुसिया डर्टमुन्ड ७, सेभिया २, कोपेनहेगन २
सेभिया विरुद्ध कोपनहेगन – रातको १०:३० बजे
डर्टमुन्ड विरुद्ध म्यानचेस्टर सिटी – मध्यरात १२:४५ बजे
डर्टमुन्डले सिटीलाई हराए अर्को चरणमा स्थान पक्का गर्नेछ । यस्तै सेभिया र कोपेनहेगनले बराबरी खेले आफ्नो खेल नाखेल्दै जर्मन टोली अघि बढ्नेछ ।
समूह एच : पेरिस सेन्ट जर्मेन ८, बेन्फिका ८, युभेन्ट्स ३, मक्कबी हाइफा ३
बेन्फिका विरुद्ध युभेन्टस – मध्यरात १२:४५ बजे
पिएसजी विरुद्ध मक्कबी हाइफा – मध्यरात १२:४५ बजे
बेन्फिका र पिएसजी दुवै आ-आफ्नो खेलमा जित हासिल गर्दै अघि बढ्न सक्छन् । युभेन्ट्स भने अर्को चरणमा पुग्ने सम्भावना कायम राख्न बेन्फिकाको मैदानमा जित्नुपर्ने बाध्यतामा छ ।