• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » चेल्सीको विजयी सुरुवात

चेल्सीको विजयी सुरुवात

07/08/2022

एजेन्सी – इंग्लिस प्रिमियर लिगको सिजन २०२२-२३ अन्तर्गत पहिलो खेलमा जित हासिल गर्दै लन्डन क्लब चेल्सीले विजयी सुरुवात गरेको छ । चेल्सीले एभर्टनको मैदानमा १-० को जित दर्ता गरेको हो ।

 

चेल्सीको जितमा जर्जिन्होले गरेको पेनाल्टी गोल नै निर्णायक सावित भयो । उनले पहिलो हाफको इन्ज्युरी समयको आठौं मिनेटमा गोल गरेका थिए । पेनाल्टी क्षेत्रभित्र अब्दुलाए डुकुरेले बेन चिल्वेललाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । जर्जिन्होले उक्त पेनाल्टी अवसरको सदुपयोग गरे ।

सिजनको पहिलो खेलमा नै एभर्टनले चोटको समस्या भोग्नुपर्यो । सुरुवाती समयमा नै डिफेन्डर बेन गडफ्रे गम्भीर चोट लागेपछि स्ट्रेचरमा बाहिरिएका थिए । त्यस्तै दोस्रो हाफमा अर्का डिफेन्डर यरी मिना पनि बाहिरिए । खेल दौरान दर्शकदिर्घामा एक जनालाई स्वास्थ्य समस्या देखिएपछि खेल रोकिन पुगेको थियो । पहिलो हाफमा ८ मिनेट र दोस्रो हाफमा १० मिनेट समय थप गरिएको थियो ।

 

त्यसअघि लन्डनकै अर्को टोली टोटेनहम हट्सपरले पनि नयाँ सिजनमा सानदार सुरुवात गर्ने क्रममा घरेलु मैदानमा साउथह्याम्पटनलाई ४-१ ले पराजित गर्यो । टोटेनहमको जितमा रायन सेस्सेनन्, एरिक डाएर र डेजान कुलुसेभ्सकीले गोल गर्दा एक गोल आत्मघाती गोल भएको थियो । साउथह्याम्पटनका लागि कप्तान जेम्स वार्ड प्राउजले सुरुवाती अग्रता दिलाएका थिए । उनले १२ औं मिनेटमा सुन्दर गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । मौसा जेनेपोको क्रसलाई उनले हाफ भलीमा पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए ।

टोटेनहमले २१ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । कुलुसेभ्सकीको क्रसमा सेस्सेनन्ले हेडरमार्फत गोल गर्दै स्पर्सलाई खेलमा फर्काए । ३१ औं मिनेटमा डाएरको गोलमा स्पर्स अघि बढ्यो । ह्युङ मिन सनको क्रसमा डाएरले हेडरमार्फत गोल गरेका थिए ।

दोस्रो हाफको ६१ औं मिनेटमा स्पर्सले अग्रता दोब्बर पार्यो । एमर्सन रोयलको क्रसलाई क्लियर गर्ने क्रममा सालिसुले आफ्नै पोस्टमा गोल गरेपछि स्कोर ३-१ भएको थियो । त्यसको एक मिनेट नबित्दै कुलुसेभ्सकीले एमर्सनकै पासमा गोल गर्दै ४-१ को अग्रता दिलाए ।

शनिबार नै भएको खेलमा न्युकासल युनाइटेडले यसै सिजन बढुवा भएको नटिङहम फरेस्टलाई २-० ले हरायो । न्युकासलको जितमा फाबियन सेर र क्यालम विल्सनले गोल गरे ।

अर्को नवप्रवेशी बर्नमाउथले भने घरेलु मैदानमा एस्टन भिल्लालाई हरायो । तेस्रो मिनेटमा जेफर्सन लेर्माको गोलमा अग्रता लिएको बर्नमाउथका लागि किएफर मुरले अग्रता दोब्बर पारेका थिए ।

लिड्स युनाइटेडले वल्भ्समाथि पुनरागमन जित दर्ता गर्यो । ड्यानीएल पोडेन्सको गोलमा वल्भ्सले अग्रता लिएपनि पहिलो हाफमै रोड्रीगोले खेल बराबर गरे । दोस्रो हाफमा रायन एट नुरीको आत्मघाती गोलमा लिड्सले जित हासिल गर्यो ।

त्यसअघि दिनको पहिलो खेलमा उपाधिको दावेदार मानिएको लिभरपुल इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी फुल्हमसँग बराबरीमा रोकिएको थियो । खेलमा दुई पटक पछि परेको लिभरपुल २-२ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।

घरेलु टोली फुल्हमले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । फुल्हमका लागि एलेक्जेन्डर मित्रोभिचले दुई गोल गर्दा लिभरपुलका मोहमद सलाह र डार्विन न्युनेजले १-१ गोल गरे ।

खेलको १४ औं मिनेटमा लिभरपुलले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । कोलाम्बियन विंगर लुइस डियाजले सुन्दर फिनिस प्रस्तुत गरेपनि त्यसअघि नै एन्डी रोबर्टसन अफसाइड रहेका कारण गोल मान्य भएन ।

खेलको ३२ औं मिनेटमा एलेक्जेन्डर मित्रोभिचले गोल गर्दै फुल्हमलाई अग्रता दिलाए । उनले केनी टेटेको क्रसलाई फार पोस्टमा हेडरमार्फत गोल गरे । सर्बियन फरवार्डले डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डलाई पछि पार्दै हेडर भेटेका थिए ।

दोस्रो हाफको सुरुवाती समयमा लिभरपुलले दुई खेलाडी परिवर्तन गर्यो । मिडफिल्डर थियागोले चोट बोकेपछि प्रशिक्षक योर्गेन क्लोपले रणनीति परिवर्तन गर्दै हार्भी एलिएट र डार्विन न्युनेजलाई मैदानमा पठाए । रोबर्टो फिर्मिनोको स्थानमा आएका न्युनेजले ७४ अ‍ौं मिनेटमा लिभरपुललाई बराबरीमा ल्याए । मोहमद सलाहको क्रसमा न्युनेजले ६ यार्ड बक्स भित्रबाट गोल गरे ।

खेलको ७२ अ‍ौं मिनेटमा फुल्हमले पुनः अग्रता लियो । एलेक्जेन्डर मित्रोभिचले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई अघि बढाए । भर्जिल भान डाइकले पेनाल्टी क्षेत्र भित्र मित्रोभिचलाई लडाएपछि रेफ्रिले पेनाल्टी दिएका थिए ।

 

लिभरपुलले ८१ अ‍ौं मिनेटमा मोहमद सलाहको गोलमा पुन: खेल बराबरी गर्यो । आर्नोल्डको लामो पासलाई न्युनेजले नियन्त्रणमा लिएपछि सलाहले पहिलो टचमै बललाई पोस्टको दिशा दिए ।

इन्ज्युरी समयमा लिभरपुल खेल जित्नबाट बञ्चित भयो । अन्तिम मिनेटमा कप्तान जोर्डन हेन्डरसनको प्रहार क्रसबारमा लाग्दा टोली बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

यसअघि शुक्रबार भएको लिगको पहिलो खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-० ले पराजित गरेको थियो । आर्सनलको जितमा ग्यब्रिएल मार्टिनेलीले अग्रता दिलाउँदा अन्त्यतिर प्यालेसका कप्तान मार्क गुएहीले आत्मघाती गोल गरेका थिए ।

प्रिमियर लिगको नतिजाहरु :

आर्सनल २-० क्रिस्टल प्यालेस

फुल्हम २-२ लिभरपुल

टोटेनहम हट्स्पर ४-१ साउथह्याम्पटन

बर्नमाउथ २-० एस्टन भिल्ला

लिड्स युनाइटेड २-१ वल्भ्स

न्युकासल युनाइटेड २- ० नटिङहम फरेस्ट

एभर्टन ०-१ चेल्सी

Share
Tweet

RELATED ARTICLES

  • पीएसजीको रोमाञ्चक जित: आर्सनललाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    08/05/2025

  • इन्टर मिलानको रोमाञ्चक जित: बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिग फाइनलमा, ट्रफी कसको हातमा?

    07/05/2025

  • ट्रेण्ट अलेक्ज्यान्डर-आर्नोल्डको लिभरपुल छोड्ने निर्णय: नयाँ चुनौती खोज्दै, रियल मड्रिडको बाटो कति सहज?

    06/05/2025

  • चेल्सीको शानदार जित: लिभरपुललाई ३-१ ले हरायो, प्रिमियर लिगको च्याम्पियन्स लिग स्थान कसको हातमा?

    05/05/2025

  • बार्सिलोनाको रोमाञ्चक जित: भालाडोलिडलाई २-१ ले हरायो, ला लिगाको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

  • म्यानचेस्टर सिटीको रोमाञ्चक जित: वल्भ्सलाई १-० ले हरायो, प्रिमियर लिगको शीर्ष स्थानमा को पुग्ला?

    04/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.