लन्डन क्लब चेल्सी र इंग्ल्याण्डका डिफेन्डर रिस जेम्स घुँडाको चोटका कारण चार हप्तासम्म मैदान बाहिर रहने भएका छन् ।
डिफेन्डर रिस जेम्सले मंगलबार राति बर्नमाउथलाई २–० ले पराजित गरेको खेलमा घुँडामा चोट बोक्न पुगेका थिए । मेडिकल रिपोर्टपछि उनी कम्तीमा पनि चार साता मैदान बाहिर रहने भएका हुन् । उनले कम्तीमा पनि ६ देखि १० खेल गुमाउने सम्भावना छ ।
घुँडाको चोटकै कारण विश्वकप गुमाएका इङ्ल्यान्डका अन्तर्राष्ट्रिय जेम्स ५३औं मिनेटमा मैदानबाट बाहिरिएका थिए । चोटबाट फर्किएपछि यो उनको पहिलो खेल थियो ।बुधबार २३ वर्षीय जेम्सले ट्वीट गर्दै २०२२ अहिलेसम्ममै कठिन वर्ष रहेको बताएका थिए ।
मंगलबारको खेलको लगत्तै चेल्सीका प्रबन्धक ग्राहम पोटरले जेम्सको चोट सामान्य नै रहने अनुमान गरेपनि उनको चोट गम्भीर देखिएको हो ।