युरो २०२४ को छनोट खेलमा पोल्यान्डले चेकिया (चेक गणतन्त्र) सँग हार बेहोरेको छ । पोल्यान्ड घरेलु टोलीसँग ३–१ ले पराजित भएको हो ।
फोर्टुना एरिना प्राहामा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा लाडिस्लभ क्रेची, टोमास सिभेनकारा र जान कुच्ताले गोल गरे । पोल्याण्डका डामिएन समास्कीले एक गोल फर्काए ।
खेलको पहिलो मिनेटमा नै लाडिस्लभ क्रेचीको गोलबाट चेकियाले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले भ्लादिमिर कोउफलको पासमा गोल गर्न सफल भए । तेस्रो मिनेटमा टोमास सिभेनकाराले गोल गर्दै चेकियाको अग्रता दोब्बर पारे । उनले डेभिड जुरासेकको पासमा गोल गर्न सफल भए ।
६४औं मिनेटमा जान कुच्ताले गोल गर्दै चेकियालाई ३–० ले अघि बढाए । उनले एलेक्स केरलको पासमा गोल गर्न सफल भए । ८७औं मिनेटमा डामिएन समास्कीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेकिया विजयी हुन सफल भयो ।
यस जितसँगै चेकियाले समूह ‘ई’ मा ३ अंक जोडेको छ । पराजित पोल्यान्डले अंकको खाता खोल्न सकेको छैन । यही समूहको अर्काे खेलमा फरोह आइल्यान्ड र मोल्दोभाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
अन्य नतिजा
बुल्गेरियाविरुद्ध मोन्टेनेग्रो (०–१)
जिब्राल्टारविरुद्ध ग्रीस (०–३)
सर्वियाविरुद्ध लिथुआनिया (२–०)
फ्रान्सविरुद्ध नेदरल्यान्ड्स (४–०)
अष्ट्रियाविरुद्ध अजरवैजान (४–१)