घरेलु मैदानमा भारतले दक्षिण अफ्रिकाविरुद्ध पवहिलो पटक टी २० सिरिज जितेको छ ।
गएराति भएको खेलमा भारतले १६ रनले विजयी हुँदै सिरिज १ खेल अगावै आफ्ना पक्षमा पार्न सफल भयो ।
भारतले पहिलो पटक आफ्नै मैदानमा दक्षिण अफ्रिकाविरुद्धको टी २० सिरिज जितेको हो ।
दक्षिण अफ्रिकाले अन्तिमसम्म प्रयास गरेको थियो । उसका डेविड मिलरले शतक बनाए पनि टिमलाई जिताउन असफल रहे ।
२३८ रनको लक्ष्य पिछा गरेको दक्षिण अफ्रिकाको सुरुआत भने राम्रो रहेन ।
सुरुकै दुई ओभरमा दक्षिण अफ्रिकाले २ विकेट गुमाएको थियो ।
४७ रन बनाउँदा ३ किवेट गुमाएको अफ्रिकाले डेविड मिलर र क्विन्टन डी ककले उत्कृष्ट ब्याटिङ गरेका थिए ।
मिलरले ४७ बलमा १०६ रनको पारि खेले ।
उनले ७ छक्का र ८ चौका प्रहार गरेका थिए ।
उता डी ककले ४८ बलमा ६९ रनको पारि खेले ।
यी दुई खेलाडीले ८४ बलमा १७४ रनको नटआउट पारि खेले पनि जित निकाल्न १६ रन पुगेन ।
पहिला ब्याटिङ गरको भारतले निर्धारित ओभरमा ३ विकेट गुमाएर २३७ रन बनायो ।
केएल राहुलले ५७ रनको पारि खेल्दा रोहित शर्माले ४३ रनको योगदान गरे ।
यसैगरी विराट कोहलीले ४९ रनमा नटआउट रहँदा सूर्यकुमार यादव ६१ रनमा रनआउट भएका थिए । दिनेश कार्तिकले १७ रनको नटआउट पारि खेले । अफ्रिकाका केशव महाराजले २ विकेट लिए ।
अफ्रिकाले जवाफमा ३ विकेट गुमाएर २२१ रन बनायो । मिलरले नटआउट १०६ रन बनाउँदा डि ककले ६९ रनको नटआउट पारि खेले ।
टेम्बा बामुभाले खाता खोल्न सकेनन् भने रेलि रसउवाले पनि खाता नखोली पभेलियन फर्किएका थिए ।
एडेन मार्करमले ३३ रनको योगदान गरे ।
भारतका अर्सदीप सिंहले २ तथा अक्षर पटेलले १ विकेट लिए ।