विश्व उपविजेता क्रोएसिया युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ । अष्ट्रियालाई उसकै मैदानमा ३–१ ले पराजित गर्दै लिग ए ग्रुप १ मा शीर्षस्थानमा रहँदै क्रोएसिया फाइनल फोरमा प्रवेश गरेको हो ।
अन्स्र्ट हापेल स्टेडियम वेइनमा आइतबार राति भएको खेलमा क्रोएसियाको जितमा कप्तान लुका मोड्रिच, मार्काे लिभाजा र डिजान लोभरेनले गोल गरे अष्ट्रियाका क्रिस्टोफ बाअमगार्टनरले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा कप्तान मोड्रिचको गोलबाट क्रोएसियाले सुरुवाती अग्रता लिन सफल भयो । उनले निकोलो भ्लासिकको पासमा गोल गर्न सफल भएका थिए । नवौं मिनेटमा क्रिस्टोफ बाअमगार्टनरले बराबरी गोल फर्काए ।
६९औं मिनेटमा मार्काे लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । ७२औं मिनेटमा डिजान लोभरेनले गोल गर्दै क्रोएसियाको जित पक्का गरे ।
क्रोएसियासँगको हारसँगै अष्ट्रियाले लगातार पाँचौ खेलमा जित निकाल्न सकेन । यो सन् २०११ पछि अष्ट्रियाको सबैभन्दा कमजोर प्रदर्शन हो ।
यो जितसँगै क्रोएसियाले समूह चरणमा ६ खेलबाट १३ अंक जोड्यो । डेनमार्क १२ अंक जोडेर दोस्रो स्थानमा रहँदा फ्रान्सले ५ अंक जोड्यो । ४ अंक जोडेर पुछारमा रहेको अष्टिन्य रेलिगेसनमा परेको छ ।