क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेड छाड्ने सम्भावना घट्दै गएको छ । यस समरको ट्रान्सफर विन्डो बन्द हुन एक महिना मात्र बाँकी छ ।
उनले युनाइटेड च्याम्पियन्स लिगमा स्थान नबनाएपछि नयाँ टोलीमा जान चाहेको स्पष्ट पारेका छन् तर अहिलेसम्म पोर्चुगिज स्टारका लागि गरिएको हरेक प्रस्तावलाई अस्वीकार हुँदै आएको छ ।
रोनाल्डोले युनाइटेडको थाइल्याण्ड र अष्ट्रेलियाको प्रि–सिजन टुरमा सहभागी भएका थिएनन् । जब म्यानचेस्टरको टोली फर्कयो रोनाल्डो र उनका एजेन्ट जर्ज मेन्डेसले उनको भविष्यबारे छलफल गर्न क्लवको व्यवस्थापनसँग भेट गरे।
क्रिस्टियानो जुलाई २६ मा मेन्डेससँग युनाइटेडको खेलकुद सुविधा क्यारिङटनमा देखा परेका थिए। सर एलेक्स फग्र्युसनले उनलाई आफ्नो स्थितिमा पुनर्विचार गर्न र क्लबमा रहन मनाउने आशामा त्यहाँ उनको प्रतीक्षा गरिरहेका थिए।
यसको विपरित रोनाल्डोले युनाइटेड छाड्ने आफ्नो मनसाय पुनः पुष्टि गरे। त्यहाँबाट, उनले युनाइटेडको यू २३ टोलीसँग प्रशिक्षण गर्न थाले र एट्लेटिको म्याड्रिड विरुद्धको मैत्रीपूर्ण खेलका लागि भने उनले ओस्लो यात्रा गरेनन्, तर
ओल्ड ट्राफोर्डमा रायो भालेकानो विरुद्ध खेल भने खेलेक थिए । सो खेलको पहिलो हाफ मात्र खेलेका रोनाल्डोले खेल सकिनु अगाडी नै रंगशाला छाडेका थिए । जुन कुरा प्रशिक्षक एरिक टेन ह्यागले अपाच्य भयो ।
रोनाल्डोको त्यो हर्कतमा प्रशिक्षक एरिक सहमत छैनन । उनले भनेको छन् की यो अस्वीकार्य छ । हामी एक टोली हौं र सबै जना खेलको अन्त्यसम्म रंगशालामा नै रहनु पर्छ,ू टेन ह्यागले भनेका छन् ।
इंग्ल्याण्ड बाहिरको मिडियमा यो पनि भनिएको छ कि टेन ह्यागले रोनाल्डोलाई ब्राइटन विरुद्ध आइतवारको उद्घाटन खेलमा सुरुवाती एघारबाट बाहिर राखेका छन् ।
जाडोन सान्चो, एन्थोनी मार्शल वा मार्कस रासफोर्डले उनको स्थान लिन सक्छन् । यद्यपि फ्रान्सेली खेलाडी एन्थोनीले एटलेटिको म्याड्रिड विरुद्धको खेलका लागि तयार हुन नसक्ने पनि जनाइएको छ ।
यस समरको विन्डो सेप्टेम्बर १ सम्म खुला रहनेछ, तर के क्रिस्टियानो पहिले नै चलिरहेको सिजनको साथ छोड्ने छन् ?