ओपनर केभिन ओ ब्रायनको सानदार शतकमा गुजरात जायन्ट्सले लेजेन्ड्स लिग क्रिकेटको उद्धघाटन खेलमा इन्डिया क्यापिटल्समाथि तीन विकेटको विजयी हात पारेको छ ।
जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको गुजरात जायन्ट्स ६१ बलमा १५ चौका र ३ छक्कासहित १ सय ६ रनको शतकीय इनिङ खेले । कप्तान विरेन्द्र सहभाग ६, पार्थिव पटेल २४ र यशपाल सिंह २१ रनमा आउट भए ।
इन्डियन क्यापिटल्सका प्रविन ताम्बेले ३.४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । लियाम प्लेंकेटले दुई, अशले नर्स र मिचेल जोनसनले एक एक विकेट लिए ।
त्यसअघि कोलकातामा इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इन्डियन क्यापिटल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । इन्डियन क्यापिटल्सको लागि एशले नर्सले ४३ बलमा ८ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ३ रनको उत्कृष्ट शतकीय इनिङ खेलेपनि टोलीलाई जिताउन सकेनन् ।
नर्स खेलको प्लेयर अफ द म्याच चुनिए । दीनेश रामदिन २६ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा आउट भए । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । गुजरातका लागि थिसेरा परेरा, रायद इम्रित र केपी अप्पनाले दुई दुई विकेट लिए ।
प्रतियोगितामा गुजरात जायन्ट्स, इन्डियन क्यापिटल्स, मनिपाल टाइगर्स र भिलवारा किंग्स गरि चार टोली रहेका छन् । यस प्रतियोगिता नेपालका पूर्व कप्तान पारस खड्काले खेल्ने भनेपनि अन्तिम समयमा नखेल्ने जनाएका छन् ।