इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहेम विजयी भएको छ ।
गयराति भएको खेलमा टोटनहेमले नटिङघम फरेस्टलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
दुवै गोल टोटनहेमका लाग हेरि केनले गरेका हुन् । पहिलो हाफमा १ गोल गरेका केनले दोस्रो हाफमा अरु १ गोल थपेका थिए ।
५ औं मिनेटमा गोल गर्दै केनले टोटनहेमलाई अग्रता दिलाएका थिए ।
यसैगरी ८१ औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि टोटनहेमले स्पष्ट ३ अंक जोड्न सफल भयो ।
xप्रिमियर लिगमा टोटनेहमले ४ खेलबाट १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ भने पराजित भएको नटिङघम ४ अंकसहित १४ औं स्थानमा छ