काठमाडौं महानगरको ऐतिहासिक जित: गोदावरी मेयर कपमा अपराजित यात्रा
गोदावरी नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम उपत्यकाब्यापी अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको उपाधि काठमाडौं महानगरपालिकाले जितेको छ। खेलकुद, फुटबल, क्रिकेट, जुवा, सट्टेबाजीमा रुचि राख्नेहरूका लागि यो खबर रोचक र प्रेरणादायक छ। sartplay.com, sart88.com, sart-news.com मा यसबारे थप जानकारी पाउन सकिन्छ।
शनिबार गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा सम्पन्न खेलमा चन्द्रागिरी नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गर्दै काठमाडौं महानगरले उपाधि जितेको हो। काठमाडौंका लागि अखिलेष कार्की र दीपेश श्रेष्ठले १-१ गोल गरे।
उपाधीसँगै काठमाडौंले ५ लाख नगद र कप जित्यो भने उपविजेता बनेको चन्द्रागिरीले ३ लाख नगद पुरस्कार प्राप्त गर्यो। फाइनल खेलमा म्यान अफ दि म्याच काठमाडौंका अखिलेष कार्की भए। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी काठमाडौंका एरिक विष्ट भए, जसले ३० हजार नगद पुरस्कार पाए।
अनुशासित टिमको रूपमा महालक्ष्मी नगरपालिकाले ५० हजार नगद पुरस्कार पायो। प्रतियोगितामा सबैभन्दा बढी गोलकीर्तिपुरका यमन मर्हजनले गरे, जसले क्वार्टरफाइनलमै हारेको टिमका लागि ६ गोल गरेका थिए। तारकेश्वर नगरपालिकाविरुद्ध ह्याट्रिक गरेका उनले क्वार्टरफाइनलमा मध्यपुर थिमी नगरपालिकाविरुद्ध पनि ह्याट्रिक नै गरे।
प्रतियोगितामा इमर्जिङ प्लेयर गोदावरी बी टिमका पासाङ तामाङ भए भने उत्कृष्ट गोलरक्षक काठमाडौंका सुदीप गिरी भए। उत्कृष्ट डिफेन्डर चन्द्रागिरीका साहिल राना र उत्कृष्ट प्रशिक्षकको पुरस्कार काठमाडौंका प्रशिक्षक सन्तोष न्यौपानेले पाए। उत्कृष्ट गोलकिपर, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ पुरस्कार दिइएको थियो।
चन्द्रागिरी, महालक्ष्मी नगरपालिकालाई हराउँदै काठमाडौं, मध्यपुर थिमी नगरपालिकालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए। वर्षाका कारण गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा खेल हुन नसकेपछि दुबै सेमिफाइनलका खेल च्यासल मैदानमा खेलाइएका थिए।
गत बैशाख १५ गतेबाट सुरु भएको प्रतियोगितामा उपत्यकाभित्रका १४ वटा पालिकाका १५ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। गोदावरीको ए र बी गरी २ टिम समावेश भएका थिए।
यो खबरले जुवा, क्रिकेट, फुटबल, खेलकुद र सट्टेबाजीमा रुचि राख्ने सबैलाई रोमाञ्चक बनाउँछ। sartplay.com, sart88.com, sart-news.com मा यसबारे थप जानकारी पाउन सकिन्छ।