फिफा विश्वकपमा उच्च प्रदर्शन गर्दै आएका गोलरक्षक गिलेर्मे ओचोआ पुन: नायक बन्दा मेक्सिको र पोल्यान्डबीच फिफा विश्वकप २०२२ अन्तर्गत समूह सीको खेल बराबरीमा सकिएको छ ।
बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका फरवार्ड रोबर्ट लेवान्डोस्की पेनाल्टीमा चुक्दा पोल्यान्ड अग्रता लिनबाट बन्चित हुन पुगेको थियो । दोस्रो हाफको ५९ औं मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीको सहयतामा पोल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । तर लेवान्डोस्कीको पेनाल्टी ओचोआले विफल पार्दै खेल बराबरीमा राखे ।
त्यसबाहेक खेलदौरान पनि ओचोआले लेवान्डोस्कीको प्रहार बचाएका थिए । यस बराबरीले दुवै टोलीले अंक तालिकामा १-१ अंक जोडेका छन् । समूह सी मा साउदी अरेबिया ३ अंक जोड्दै शीर्ष स्थानमा छ । दिनको पहिलो खेलमा साउदीले अर्जेन्टिनालाई २-१ ले स्तब्ध पारेको थियो ।