भियतनाममा जारी एएफसी यू १७ एसियन कप छनोटमा नेपाली टोली लगातार दोस्रो खेलमा पराजित भएको छ । आयोजक भियतनामविरुद्ध शुक्रबार भएको खेलमा नेपाल ५–० ले पराजित भएको छ ।
दुई दिन अघिको थाइल्यान्डसँगको पहिलो खेलमा नेपालले ३–० ले गुमाएको थियो । शुक्रबार सातौं मिनेटमा कप्तान एनगुएन कोङओङको गोलमा अग्रता लिएका थिए । पेनाल्टी बक्सको ठिक बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो । १२ औं मिनेटमा भियतनामले दोस्रो गोल गरेको थियो ।
भि डि थुओङको फ्रिकिकमा बुइ होआङ सनले हेडमार्फत गोल गरेका थिए । भि थिनले १६ औं मिनेटमा गोल गरेपछि भियतनामले ३–० को अग्रता बनाएका थिए । लि डिङ लोङ भुले २९ औं मिनेटमा गोल गरेका थिए । हरिशराज भट्टले ३७ औं मिनेट गरेको गोलकिपरलाई विपक्षी गोलकिपरले रोकेका थिए । इन्जुरी समयमा भियतनामले अर्को गोल थपेको थियो ।इन्जुरी समयको तेस्रो मिनेटमा हुयान भान थान्हले गोल गरेका थिए ।
भियतनामले भने पहिलो खेलमा चाइनिज ताइपेलाई ४–० ले हराएको थियो । शुक्रबार अर्को खेलमा थाइल्यान्डले चाइनिज ताइपेलाई ३–१ ले हराएको थियो । समूह एफमा लगातार दुई जितका साथ भियतनाम शीर्षस्थानमा रहेको छ । समान ६ अंकका साथ थाइल्यान्ड दोस्रो स्थानमा छ । नेपाल र चाइनिज ताइपे अंक बिहिन छन् ।
नेपाल र भियतनामबीच आइतबार खेल हुनेछ । त्यसै दिन समूह विजेताका लागि भियतनामले थाइल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।एसियाका ४४ राष्ट्रले १० अलग अलग समूहमा छनोट खेलिरहेका छन् । हरेक समूहको विजेता स्वत अन्तिम चरणमा प्रवेश गर्नेछ । सबै समूहका गरि उत्कृष्ट ६ उपविजेताले अन्तिम राउन्डमा प्रवेश पाउनेछन् ।