• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » एमसीसीमाथि नेपाली टोलीको फराकिलो जित

एमसीसीमाथि नेपाली टोलीको फराकिलो जित

25/10/2022

नेपाल भ्रमणमा रहेको विश्वप्रसिद्ध मेरीलेबोन क्रिकेट क्लब (एमसीसी) को महिला टोलीलाई नेपालको मिक्स्ड एघार महिला टोलीले पराजित गरेको छ ।

सोमबार मुलपानी क्रिकेट मैदानमा नेपाली टोलीले १ सय ७ रनको फराकिलो जित दर्ता गरेको हो । टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको मेरीलेबोनले २ सय १४ रनको लक्ष्य पाएको थियो । नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाउँदै २ सय १३ रन जोड्यो । नेपाली टोलीका लागि ओपनरद्वय काजोल श्रेष्ठ र कन्चन श्रेष्ठले अर्धशतक जोडेका थिए ।

प्लेयर अफ द म्याच समेत घोषित काजोलले ५४ बलमा ५३ रनको योगदान दिइन् । उनले १० चौका प्रहार गरिन् । उनी आउट हुँदा नेपालले १७ औं ओभरमा ७५ रन जोडिसकेको थियो । कन्चनले ९९ बलमा ६ चौकासहित ५५ रन जोडिन् । अप्सरी बेहम २, रुविना क्षेत्री १४ र कविता जोशी ६ रनमा पेभेलियन फर्किए ।

सम्झना खड्काले २२ बलमा २ चौकासहित २५ रन जोडिन् । कविता कुँवरले अन्त्यतिर आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ५ चौकासहित २७ रनको योगदान दिइन् । अश्मिना कर्मचार्य ७ र संगीता राई २ रन जोड्दा सोनी पाख्रिन ३ र इश्वरी विष्ट १ रनमा नटआउट रहे । एमसीसीकी सबा नसिमले २ तथा रेचल पोटर, एलिसा हबार्ड, इसाबेल गर्नी र सराह क्रेले १-१ विकेट लिए ।

जवाफमा एमसीसीले ३२ औं ओभरमा अलआउट हुनुअघि १ सय ६ रनमात्र जोड्न सक्यो । नेपाली टोलीका लागि कप्तान रुविनाले ३ विकेट लिइन् । ओपनर मिया रोजर्स पहिलो ओभरको तेस्रो बलमा आउट भइन् । उनलाई कविता कुँवरले खाता खोल्न नदिई बोल्ड गरिन् । एलिसा हबार्डले १४, सबा नसिमले २१ तथा जेनी कितजिंगरले १७ रन जोड्दै मध्यक्रममा औसत प्रदर्शन गरे ।

तर तल्लोक्रममा लगातार विकेट खस्दा एमसीसी हार्न पुगेको थियो । जोलेन फोस्टरले १५ रन जोड्दा निकी चौधरी पहिलो बलमा नै सोनी पाख्रिनको शिकार बनिन् । सराह क्रे (१), इसाबेल गर्नी )७), रेचल पोटर (२) र राइ रावल (४*) ले टोलीलाई सम्हाल्न सकेनन् ।

एमसीसीले अब मंगलबार टीयु क्रिकेट मैदानमा आइसीसी यू-१९ टोलीको सामना गर्नेछ ।

Share
Tweet

RELATED ARTICLES

  • स्कटल्यान्ड सिरिजमा नेपाली टिम: रोहितको कप्तानीमा को-को परे, विश्वकप लिग-२ मा नेपालको प्रदर्शन कस्तो होला?

    11/05/2025

  • पन्जाब र दिल्लीको रोमाञ्चक खेल रद्द: फ्लडलाइट बिग्रियो कि सुरक्षा कारण, आइपीएलमा कस्तो प्रभाव?

    09/05/2025

  • कोलकातालाई चेन्नईको धक्का: आइपीएलमा रोमाञ्चक हार, प्लेअफको बाटो कति कठिन?

    08/05/2025

  • गुजरातको रोमाञ्चक जित: वर्षाले प्रभावित खेलमा मुम्बईलाई हराउँदै आइपीएलको शीर्ष स्थान, ट्रफी कसको हातमा?

    07/05/2025

  • आइपीएलमा हैदराबाद आउट: दिल्लीको प्लेअफ आशा कायम, कसले जित्ला ट्रफी?

    06/05/2025

  • आइपीएलमा गुजरातको शानदार जित: हैदराबादलाई ३८ रनले हरायो, प्लेअफमा कसले बाजी मार्ला?

    03/05/2025

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.