अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बस्दै छ ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजेदेखि सुरु हुनेछ ।
यसअघि २ पटक स्थगित भएको बैठकलाई निकै चासो दिइएको छ ।
२ साउनमा बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्बाङ अस्वस्थ भएपछि स्थगित गरिएको थियो । यस्तै, ५ साउनमा बसेको बैठक पनि स्थगित भएको थियो ।
पछिल्लो समय पदाधिकारी भागबन्डा नमिल्दा बैठक स्थगित हुँदै आएको छ ।
आजको बैठकमा २२ वटा एजेन्डा रहेका छन् ।
आजको बैठकले मानर्थ अध्यक्ष, उपमहासचिव र प्रवक्ता मनोनयन चासोको विषय रहेको छ।
बंगलादेशसँको मैत्रीपूर्ण फुटबल, महिला साफ, प्रशिक्षक प्रकरण र एनएसएलको विषयमा पनि निर्णय हुने सम्भावना छ ।