वेस्टइन्डिजविरुद्धकाे टी-२० सिरिज भारतले एक खेल अगावै आफ्नाे पक्षमा पारेकाे छ।
वेस्टइन्डिजविरुद्ध गयराति भएकाे खेलमा भारत ५९ रनले विजयी भएपछि ५ खेलकाे श्रृंखला ३-१ ले आफ्नाे पक्षमा पारेकाे हाे। अन्तिम टी-२० आज हुँदै छ।
१९२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज १९.१ ओभरमा मात्र एक सय ३२ रनमा सीमित भयो।
वेस्ट इन्डिजका लागि निकोलास पुरन र रोभमन पावेलले समान २४ रनको योगदान गरे। भारतका अर्शदिप सिंहले तीन तथा आभेस खान, अक्सर पटेल र रवि विस्नोइले समान दुई विकेट लिए।
टस हारेर ब्याटिङका लागि आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९१ रनको योगफल खडा गरेको थियो।
भारतका लागि ऋषभ पन्तले ४४, कप्तान रोहित शर्माले ३३ र सञ्जु सामनसनले अविजित ३० रन जोडे। वेस्ट इन्डिजका ओवेड म्याकोइ र अल्जारी जोसेफले समान दुई तथा एकिल होसेनले एक विकेट लिए।