नेपाली युवा टोलीले बहराइनमा जारी एएफसी यू–२० एसियन कप छनोटमा लगातार तेस्रो हार बेहोरेको छ ।
शेख अलि बिन मोहमद अल खालिफा स्टेडियममा बुधबार राति नेपाल घरेलु टोली बहराइनसँग ६–० ले पराजित भएको हो ।बहराइनको जितमा अब्दुल्ला अली अल्सुबाईले दुई तथा कप्तान अब्दुल्लाह सुल्तान अल्खालासी, सायद अली नसिर, अब्दुलरहमान गडबन र मुबारक मोहमद हाबिबले समान एक गोल गरे ।
खेलको २०औं मिनेटमा अब्दुल्लाहले पेनाल्टीमा गोल गर्दै बहराइनलाई सुरुआती अग्रता दिलाए । सुमित श्रेष्ठ पेनाल्टी बक्सभित्र ह्याण्ड गरेपछि बहराइनले पेनाल्टीको अवसर पाएको थियो । २८औं मिनेटमा अमर श्रेष्ठले रातो कार्ड पाएपछि नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटियो ।
४२औं मिनेटमा नसिरले गोल गर्दै बहराइनको अग्रता दोब्बर पारे । ६७औं मिनेटमा अब्दुलरहमानले गोल गर्दै बहराइनलाई पहिलो हाफमा ३–० ले अद्दि बढाए । ८३औं मिनेटमा अब्दुल्लाले गोल गर्दै बहराइन ४–० ले अघि बढ्यो ।
८८औं मिनेटमा अब्दुल्लाले व्यक्तिगत दोस्रो गोल गर्दै बहराइनलाई ५–० को अग्रता दिलाए । ९०औं मिनेटमा मुबारकले गोल गर्दै बहराइनलाई ६–० को सानदार जित दिलाए ।
यससँगै समूह ‘बी’ मा बहराइनले पहिलो जित निकाल्दै २ खेलमा ४ अंक जोडेको छ । लगातार तेस्रो हार बेहोरेको नेपाल अंकविहीन हुँदै पुछारमा रहेर छनोटबाट बाहिहिरएको छ । पहिलो खेलमा नेपाल भुटानसँग २–० ले तथा दोस्रो खेलमा कतारसँग ३–१ ले पराजित भएको थियो ।
अब नेपालले समूह चरणको अन्तिम खेलमा आइतबार बगलादेशसँग खेल्नेछ । समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू–२० एसियन कपमा स्थान बनाउने छन् ।