फिफा विश्वकप २०२२ अन्तर्गत उद्घाटन खेलमा आयोजक कतारले आइतबार इक्वेडरको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ ।
समूह चरणको पहिलो खेल खेल्दा कतारमाथि राम्रो नतिजा निकाल्नुपर्ने दबाब छ । विश्वकपको २२ औं संस्करण आइपुग्दा हालसम्म कुनै आयोजक टोलीले पनि विश्वकपको पहिलो खेलमा हार बेहोरेको छैन । सन् १९७० मा मेक्सिको बाहेक हरेक टोलीले पहिलो खेलमा गोल गरेको इतिहास पनि छ । कतारसामु गोल गर्दै मेक्सिकोसँग उक्त सुचिबाट टाढा रहनुपर्ने दबाब हुनेछ ।
यस्तै विश्वकप आयोजकले समूह चरण पार गर्ने इतिहास पनि कतारलाई कायम राख्नुछ । सन् २०१० मा दक्षिण अफ्रिकाबाहेक सबै आयोजक राष्ट्रले नकआउट चरणमा प्रवेश गरेका छन् । कतार घरेलु समर्थकमाझ पहिलो सहभागितामै नकआउट चरण खेल्ने लक्ष्यसाथ अल बेत रंगशालामा उत्रनेछ ।
इक्वेडर र कतारबीच हालसम्म ३ खेल भएका छन् । दुई टोलीबीच समान १ जित, १ बराबरी र १ हारको नतिजा रहेको छ । सन् २०१८ मा भएको पछिल्लो खेलमा भने कतारले इक्वेडरले ४-३ ले हराएको थियो । तर इक्वेडरले पछिल्लो समय भने लय समातेको छ । टोलीले पछिल्लो १५ मध्य १ खेलमा हार बेहोरेको छ ।