युइएफए नेसन्स लिगमा इटालीले चिर परिचित प्रतिद्धन्द्धी इंग्ल्यान्डलाई पराजित गरेको छ । इटालीले घरेलु मैदानमा १–० को झिनो जित निकालेको हो ।
मिलानोमा शुक्रबार राति भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा जियाकोमो रास्पाडोरीले गरेको गोल नै निर्णायक बन्यो । उनले ६८औं मिनेटमा लियोनार्दाे बोनुचीको पासमा गोल गर्न सफल भएका थिए ।
घरेलु टोलीविरुद्ध बल पोसेसन राख्दै दवाव बढाएपनि इंग्ल्यान्ड फिनिसिङमा चुक्दा जितविहीन बन्न पुग्यो । इटालीसँगको हारसँगै इंग्ल्यान्ड लिग ए बाट लिग ‘बी’ मा घटुवा भएको छ ।
इंग्ल्यान्ड सन् २०१९ मा सेमिफाइनलमा पुगेपनि त्यसपछि इंग्ल्यान्डको प्रदर्शनमा एकरुपता आउन सकेको छैन । यो सिजन इंग्ल्यान्ड जितविहीन बन्दा ५ खेलमा २ बराबरी र ३ हारको नतिजासहित पुछारमा रह्यो ।
यही समूहको अर्काे खेलमा हंगेरीले जर्मनीलाई १–० ले स्तब्ध पार्दै आफ्नो शीर्षतालाई यथावत राख्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
यस जितसँगै इटाली नेसन्स लिग ए ग्रुप ३ मा इटाली ८ अंक जोडेर दोस्रो तथा इंग्ल्यान्ड २ अंक जोडेर पुछारमा छ । हंगेरी १० अंक जोडेर शीर्षस्थानमा रहँदा जर्मनी ४ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा झरेको छ ।
अन्य नतिजा
बोस्निया एन्ड हर्ज गोभिनाविरुद्ध मोन्टेनेग्रो (१–०), फिनल्यान्डविरुद्ध रोमानिया (१–१) र बुल्गेरियाविरुद्ध जिब्राल्टार (५–१)