इंग्ल्याण्डविरुद्धको दोस्रो टी २० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ।
पहिलो टी २०मा पराजित भएको दक्षिण अफ्रिकाले दोस्रो खेलमा जीत निकाल्दै सिरिज १–१ को बराबरीमा ल्याएको छ। उपाधिको छिनोफानो अव अन्तिम टी २० बाट हुने छ।
पहिला व्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर २०७ रनको विशाल योगफल तयार पारेको थियो।
उसका लागि रेली रोस्वले ९६ रनको नटआउट पारि खेले। उनले ५५ बलमा ५ छक्का र १० चौका प्रहार गरेका थिए। यसैगरी रेजा हेन्ड्रिकले ५३ रन बनाउँदा हेनरिक क्लासेनले १९ रनको योगदान गरे। यस्तै क्विन्टन डी कक र टिस्टन स्ट्बसल समान १५ रन बनाए।
इंग्ल्याण्डका लागि मोइन अलि, क्रिस जोर्डन र रिचार्ड ग्लेसनले एक एक विकेट लिए।
२०८ रनको जवाफी लक्ष्य पछ्याएको इंग्ल्याण्ड १६.४ ओभरमा सवै विकेट गुमाएर १४९ रनमा समेटिन पुग्यो। उसका लागि जोनी वेरिस्टोले ३० रन बनाउँदा जस बटलरले २९ रन बनाए।
मोइन अलिले २८ तथा जेसन रोयले २० रन बनाए। इंग्ल्याण्डलाई रोक्ने क्रममा दक्षिण अफ्रिकाका तबरेज सम्सी र एन्डिल पेलकाओले तीन तीन विकेट लिँदा लुंगी एनगिडीले २ विकेट लिए।