आईसीसी टि–२० विश्वकपमा आयरल्याण्डले इंग्ल्याण्डमाथि पाँच रनको जित निकालेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा डिएल मेथडमा आयरल्याण्डले पाँच रनको जित निकालेको हो ।
इग्ंल्याण्डले आयरल्याण्डले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा १४.३ ओभरमा वर्षाले खेल विथोलेको थियो । त्यतिबेला इंग्ल्याण्डले पाँच विकेट गुमाएर एक सय पाँच रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि डेवि मलानले सर्वाधिक ३५ रन जोड्दा मोइन अलीले अविजित २४ रन बनाएका थिए । त्यस्तै ह्यारी ब्रुक्सले १८ रनको योगदान गरेका थिए । आयरल्याण्डका लागि जोस लिटलले दुई विकेट लिएका थिए ।
यसअघि पहिला ब्याटिङ गरेको आयरल्याण्डले १५७ रन बनायो ।
आयरल्याण्डको पौल स्र्टलिङ र एन्डे बेलब्रिनले ओपनिङ गरेका थिए । यी दुइले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए ।
स्र्टलिङ १४ रन बनाएर आउट भएका थिए । बेलब्रिन र लोकरन टकरले साझेदारी गर्दै आयरल्याण्डको स्कोर १०० प्लस बनाए । १०३ रन बनाका बेला टकर व्यक्तिगत ३४ रन बनाएर आउट भएका थिए । लगत्तै हेरि टेक्टरले खाता नै नखोली आउट हुँदा जर्ज डकरेल डकआउट भएर पभेलियन फर्किए ।
क्रष्टिस क्यम्फरले १८ रन बनाउँदा ग्रेथ डेलनीले १२ रन बनाए ।
इंग्ल्याण्डका लागि मार्क वुड र इयाम लिभिङ स्टोनले तीन तीन विकेट लिए ।
जित सँगै आयरल्याण्डले दुई खेलमा दुई अंक जोडेको छ ।