राष्ट्रिय टोलीका फरवार्ड अन्जन विष्टले मनाङ मर्स्याङ्दी क्लब छोडेर नवप्रवेशी चर्च ब्वाइज युनाइटेडबाट खेल्ने भएका छन् ।
मनाङको कप्तान समेत रहेका अन्जनले नयाँ सिजनका लागि चर्च ब्वाइजसँग एक वर्षको सम्झौता गरेका हुन् । मनाङबाट लिग उपाधि जितेका अन्जनले क्लबका लागि भने उत्कृष्ट प्रदर्शन गरे । मोफसलमा आहा! गोल्डकप, बुढासुब्बा गोल्डकप लगायत प्रतियोगितामा भने अन्जन उपाधि जित्न सफल रहेका थिए ।
अन्जनले मंगलबार सामाजिक संजालमार्फत आफूले मनाङ छाडेको बताएका थिए । उनले समर्थकलाई धन्यवाद दिँदै क्लब व्यवस्थापनप्रति निराशा समेत जनाएका थिए । मनाङमा अन्जनसँगै अन्य खेलाडीले पनि व्यवस्थापनसँग खटपट परेपछि क्लब छाडेका छन् ।
नेपाल एपिएफ क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अन्जनले सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितेका थिए । त्यसपछि २०७२ सालमा
अन्जनले अब चर्च ब्वाइजबाट खेल्नेछन् । अन्जनसँगै राष्ट्रिय टोलीका अन्य सदस्य पनि नवप्रवेशी क्लब जाने चर्चा रहेको छ । चर्च ब्वाइजले ए डिभिजन क्लबको रुपमा आहा! गोल्डकपमा पहिलो पटक खेल्दैछ ।