राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ वर्षको सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।
राष्ट्रिय टिमका डिफेन्डर तामाङलाई ५० हजार पाँच रुपैयाँ सहित सम्मानपत्रले सम्मान गरिएको हो । अनन्तले २०१३ मा यु–१६ मा खेल्दै युवा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । २०१५ मै उनले राष्ट्रिय सिनियर टोलीबाट डेब्यु गरे । २० वर्ष टेक्दै गर्दा उनले नेपाललाई ४ वटा उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
साफ यू–१९ च्याम्पियनसिप, बंगबन्धु गोल्डकप, १२ औं र १३ अौं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक र एएफसी सोलिडारिटी कपको उपाधि दिलाउन अनन्तको ठूलो योगदान रहेको थियो । यी पाँच वटै प्रतियोगितामा अनन्तले निर्णायक भूमिका खेलेका थिए ।
एन्फा कम्प्लेक्समा पहिलो पटक आयोजना भएको यू–१९ साफ च्याम्पियनसिपको उपाधि नेपालले रक्षा गर्दा अन्तिम पेनाल्टीमा अनन्तले गोल गरेका थिए । नेपाली फुटबलमा लामो समयदेखि उपाधि रक्षाको खडेरी लागेको थियो । युवा टोलीले २३ वर्षपछि त्यो खडेरी तोड्दा सिंगो नेपालले खुसियाली मनाएको पल पनि त्यही थियो ।
यसअघि सहारा क्लबको यस सम्मानबाट भरत खवास, किरण चेम्जोङ, सुजल श्रेष्ठ, अभिषेक रिजाल र अञ्जन विष्ट सम्मानित भइसकेका छन् ।