• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » हालान्डलाई बेन्चमै राख्दा सिटीले गोल गर्न सकेन

हालान्डलाई बेन्चमै राख्दा सिटीले गोल गर्न सकेन

12/10/2022

युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह जी को खेलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । एफसी कोपेनहेगनको मैदानमा भएको खेलमा सिटी पहिलो हाफमै १० खेलाडीमा सिमित हुँदा खेल गोलरहित बराबरीमा सकिएको हो ।

युवा फरवार्ड एर्लिङ हालान्डलाई बेन्चमा राखेको खेलमा सिटीले बल पोसेसनमा पकड राख्दै अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । सुरुवाती ३० मिनेटमा भिडियो असिस्टेन्ट रेफ्रीका कारण खेलमा निकै विवाद सिर्जना भएको थियो ।

११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेपनि भीएआरले उक्त गोललाई मान्यता दिएन । गोल हुनभन्दा केहि समय अघि रियाद माहरेजको हातमा बलले लागेको भन्दै रेफ्रीले गोल खारेज गरे ।

२५ औं मिनेटमा सिटीले पेनाल्टी पायो । तर माहरेजको प्रहार कोपेनहेगनका गोलरक्षक ग्रबराले बचाए । ३० औं मिनेटमा विपक्षी खेलाडीलाई गोल गर्ने अवसरबाट हातले तान्दै रोकेपछि रेफ्रीले सिटीका डिफेन्डर सर्जी गोमेजलाई रातो कार्ड दिए ।

यस बराबरीका बाबजुद सिटीको ४ खेलमा १० अंक छ । टोली अझै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । सिटीले यसअघि भने तीनै खेलमा जित हासिल गरेको थियो ।

प्रशिक्षक पेप गुआर्डीओलाले हालान्डलाई सुरुवाती ११ मा राखेका थिएनन् । उनले अर्जेन्टिनी फरवार्ड जुलियन अल्भारेजलाई अवसर दिए । सिटीले पटक पटक अवसर सदुपयोग गर्न नसकेपनि हालान्डले मैदान छिर्ने अवसर पाएनन् । उनले दोस्रो हाफमा वार्म अप गरेपनि मैदानभित्र छिरेर खेल्न पाएनन् ।

च्याम्पियन्स लिग अन्तर्गत यसअघि ३ खेलमा ५ गोल गरेका हालान्ड पछिल्लो खेलमा पनि हाफ टाइममा परिवर्तन भएका थिए । हालान्डले च्याम्पियन्स लिगको पहिलो खेलमा सेभियाविरुद्ध ४-० को जितमा दुई गोल गरेका थिए । त्यसपछि आफ्नै पूर्व क्लब बोरुसिया डर्टमुन्डविरुद्ध २-१ को जितमा पनि उनले गोल गरे । पछिल्लो खेलमा कोपेनहेगनविरुद्ध पहिलो हाफ मात्र खेलेका हालान्डले ५-० को जितमा २ गोल गरेका थिए ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा

डर्टमुन्डलाई हराउँदै बायर्न शीर्षस्थानमा

02/04/2023

  • एशियाकप क्रिकेट शनिबारदेखि आयोजक श्रीलंका भेन्यू युएई

    27/08/2022

  • म्यानचेस्टर युनाइटेडको सहज जित

    04/01/2023

  • एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

    07/11/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.