• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Cricket » ‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

‘हामी खेल्न तयार छौं, आयोजक पनि तयार हुनुपर्छ’- अल स्टार्स

22/12/2022

नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले पूर्वनिर्धारित तालिका अनुसार नै आफूहरु खेल्न तयार हुँदा आयोजक पनि तयार हुनुपर्ने जनाएको छ । बुधबार एक कार्यक्रममाझ खेलाडीलाई स्वागत गर्ने क्रममा टोलीका सिइओ सञ्जय शर्माले प्रतियोगिताबारे आफ्नो प्रतिक्रिया दिएका हुन् ।

लुम्बिनीको स्वामित्व सञ्जयसँगै पूर्व क्रिकेटरद्वय आशिक लामा र बरदान चालिसे तथा उत्सव सिग्देल र मंगेश चौधरीले लिएका छन् । ‘हामी यो प्रतियोगिता खेल्न तयार छौं । आयोजक पनि तयार हुनुपर्छ’, शर्माले भने, ‘टोलीमा ठूला नाम गरेका खेलाडी छन् । हामी नेपाली क्रिकेटलाई राम्रो गर्न आएका हौं । मलाई लाग्छ सबै टोली र आयोजकको यहि लक्ष्य छ।’

‘विदेशी र स्वदेशी खेलाडीको राम्रो सम्मिश्रण छ । व्यवस्थापनका पक्षमा पनि हामीले ध्यान दिएका छौं । हामी एकजुट भएर प्रतियोगिताको लागि तयारी गर्दैछौं । ट्रस्ट, रेक्स्पेक्ट र लोयल्टी (विश्वास, सम्मान र निष्ठा) लाई जोड दिएका छौं । जसमा लोयल्टी हाम्रो मुख्य प्राथमिकतामा हुनेछ’, सन्जयले भने ।

पूर्व क्रिकेटर समेत रहेका चालिसेले यो आफ्नो सपना रहेको बताए । ‘यो नेपालमा मेरो सपना हो । यसले नेपाली क्रिकेटमा नयाँ परिवर्तन आउँछ । म पनि धेरै लामो समयपछि फर्किएको छु । यसले नेपाली क्रिकेटमा परिवर्तन ल्याउने छ । हामी राम्रो प्रदर्शन गर्नेछौं’, चालिसले भने ।

मुख्य प्रशिक्षक पिटर ट्रेगोले यो आफ्नो लागी पनि एउटा अवसर रहेको बताए । ‘मलाई अवसर दिएकोमा धन्यवाद । विशेषगरी सञ्जयलाई । यो एउटा मेरो लागि अवसर पनि हो । मलाई लाग्छ टोली युवा छ । यो तीन हप्ता हामी राम्रो क्रिकेट खेल्ने छौं । दीपेन्द्र टोलीका कप्तान हुनेछन्’, ट्रेगोले भने ।

पछिल्लोपटक ट्रेगो पोखरा‌ प्रिमियर लिगमा खेलेका थिए । त्यसबेला टोलीमा दीपेन्द्रसिंह ए‍ेरीसँग खेलेका उनले विगत सम्झँदै भने, ‘ मलाई आजपनि त्यो समय याद छ । ५ वर्षजति भयो होला । त्यसबेला नै म दीपेन्द्रको खेलबाट प्रभावित भएको थिएँ । कलिलो उमेरमै ठूलो सट प्रहार गर्थे । मैले आजसम्म उनीजस्तो फिल्डर मेरो करिअरमा देखेको छैन,’ लामो समय काउन्टी क्रिकेट खेलेका ट्रेगोले भने ।

टिमका प्रशिक्षक मनोज कटवालले धेरै खुसी लागेको बताए । ‘यो अवसर पाउँदा मलाई धेरै खुसी लागेको छ । बरदानहरुसँग मैले यू-१९ खेलि सकेको छु । टिमको व्यवस्थापन सबैभन्दा राम्रो छ । घरेलु क्रिकेटमा म सफल प्रशिक्षक बनेको छु । लुम्बिनीमा पनि निरन्तरता दिन चाहन्छु’, कटवालले भने ।

कप्तान दीपेन्द्रसिंह ऐरीले सबैलाई धन्यावाद दिए । टोलीमा आयरल्यान्डका ह्यारी टेक्टर र उन्मुक्त चन्द आइपुगेका छैनन् । यी दुवै खेलाडी आउनेक्रममा रहेको लुम्बिनीले जनाएको छ । अन्य खेलाडीले प्रशिक्षण थालिसकेका छन् ।

लुम्बिनीले कार्यक्रममा आफ्नो भिडियो र टिम एन्थम पनि सार्वजनिक गरेको छ । “हो हो, जित्नलाई आयो लुम्बिनी, खेल्नलाई आयो लुम्बिनी, भिड्नलाई आयो लुम्बिनी अल स्टार्स” टिम एन्थम छ ।’

अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गरिसकेको छ । नेपाल टि२० लिगमा काठमाडौं नाइट्स, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स र फार वेस्टर्न युनाइटेड छन् ।

लुम्बिनीले सबै टोलीसँग डबल राउन्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछ । शीर्ष चारमा रहन सके प्लेअफ खेल्नेछ । शीर्ष दुई टोलीबीच पहिलो क्वालिफायर हुनेछ । फाइनल १० जनवरीमा हुनेछ ।

लुम्बिनीको टोली :

दीपेन्द्रसिंह ऐरी (कप्तानं), कुशल भुर्तेल, आकाश चन्द, सागर ढकाल, सुनिल धमला, गुलशन झा, योगेन्द्रसिंह कार्की, किशोर महतो, ईशान पाण्डे, अनिल कुमार शाह, तिलकराज भण्डारी, विपुल शर्मा, प्याट ब्राउन, हरमीत सिंह, लाहिरु मिलन्था, शड्ली भन सेक्किक, ह्यारी टेक्टर र उन्मुक्त चन्द ।

Share
Tweet

RELATED ARTICLES

  • स्यामसन र हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान विजयी

    17/04/2023

  • राजा र कप्तान करनको उत्कृष्ट प्रदर्शनमा पन्जाबको जित

    16/04/2023

  • कप्तान बाबरको उत्कृष्ट शतकमा पाकिस्तानको लगातार दोस्रो जित

    16/04/2023

  • गुजरात अन्तिम ओभरमा विजयी

    14/04/2023

  • पाकिस्तान पनि विश्वकप खेल्न भारत नजाने!

    03/04/2023

  • मुम्बईमाथि बेंगलोरको सानदार जित

    03/04/2023

Sport News

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

एमेरीले डेब्यु खेलमा म्यानचेस्टर युनाइटेडलाई हराए

07/11/2022

  • रियललाई पाँचौं पटक सुपर कपको उपाधि

    11/08/2022

  • च्याम्पियन्स लिग आजबाट सुरु

    06/09/2022

  • केनको गोलमा म्यानचेस्टर सिटीको हार

    06/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.