• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Other Sports » स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

स्याङ्जालाई गण्डकी प्रदेश स्तरीय भलिबल उपाधि, पाण्डे सर्वोत्कृष्ट

26/12/2022

जिल्ला भलिबल संघ स्याङ्जा प्रथम गण्डकी प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बागलुङ भलिबल संघलाई ३–२ को सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक फाइनलको पहिलो सेट स्याङ्जाले २१–२५ ले गुमाएको थियो ।

त्यसपछि दोस्रो र तेस्रो सेट क्रमश २५–२३ र २५–२३ ले आफ्नो पक्षमा पार्दै स्याङ्जा खेलमा फर्किएको थियो । निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको चौथो सेटमा सुरुवातमा पछि रहेको स्याङ्जाले १८–१८ को बराबरीबाट अग्रता लिदै २२–१९ को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २८–३० ले सेट गुमाउन पुग्यो ।

निर्णायक तथा पाँचौ सेट प्रतिस्पर्धात्मक बनेपनि स्याङ्जा १५–१३ को सेटमा विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । यस्तै जिल्ला भलिबल संघ नवलपुरले कास्की जिल्ला भलिबल संघलाई २५–२२, २५–१६ र २६–२४ ले हराएर तेस्रो स्थान हासिल गरेको छ ।

च्याम्पियन बनेको स्याङ्जाले २ लाख रुपैया हात पारेको छ । दोस्रो भएको बागलुङले १ लाख रुपैया हात पारेको छ । तेस्रो भएको नवलपुरले ५० हजार र सात्वना भएको कास्कीले २५ हजार प्राप्त गरेका छन् ।

स्याङ्जाका कप्तान हरि पाण्डे प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । सर्वाेत्कृष्ट बनेको हरिले २० हजार रुपैया प्राप्त गरेको छ ।

नवलपुरका घनश्याम चौधरी उत्कृष्ट सर्भर, स्याङ्जाका देवु राना उत्कृष्ट ब्लकर, स्याङ्जाकै राजन दर्लामी मगर उत्कृष्ट लिवेरो, बागलुङका प्रकाश सुनार स्पाइकर, बागलुङकै मीन सुनार उत्कृष्ट सेटर र स्याङ्जाका राजेन्द्र शर्मा उत्कृष्ट प्रशिक्षक चुनिएका छन् । उनीहरुले समान १० हजार रुपैया हात पारेका छन् ।

६ पुसबाट शुरु भएको गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक गण्डकीका बागलुङ, कास्की, नवलपुर, स्याङ्जा, तनहुँ, लमजुङ, कास्की र गोरखा गरी ९ टोलीको सहभागिता रहेको थियो ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो । यस प्रतियोगितालाई गण्डकी प्रदेश भलिबल संघले काठमाडौंमा हुने एनभिए क्लब च्याम्पियनसिप र पोखरामै हुने टाइगर कपको लागि खेलाडी छनोटको रुपमा रहने बताएको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • नेपाली खेलाडीले तोडिन् इतिहास: पेरिस पारालिम्पिकमा पलेशाको कास्य पदक

    31/08/2024

  • रोमाञ्चक खेलकुद यात्रा: नेपालका लागि ऐतिहासिक विजय, फाइनलमा भारतसँग मुठभेड

    07/08/2024

  • जोकोभिचले ओलम्पिकमा अल्काराजसँग स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन्

    03/08/2024

  • अल्काराजलाई पहिलोपटक विम्बल्डन उपाधि

    17/07/2023

  • कोशी सफ्ट टेनिसमा टिम च्याम्पियन

    02/07/2023

  • भुटानको ‘बजर बिटर’ जितसँगै नेपालको फाइनल खेल्नबाट बन्चित

    21/06/2023

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.