• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » स्कोलानी अर्जेन्टिनाकै प्रशिक्षक रहने

स्कोलानी अर्जेन्टिनाकै प्रशिक्षक रहने

30/09/2022

अर्जेन्टिनी लियोनेल स्कोलानी क्यानडा, अमेरिका र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहने भएका छन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जमैकालाई ३–० ले पराजित गरेपछि अर्जेन्टिन फुटबल संघ (एएफए) ले स्कालोनीसँगको सम्झौता थप चार वर्षको लागि नविकरण गरेको छ । अब अर्जेन्टिना थप चार वर्ष स्कोलानीकै प्रशिक्षणमा रहनेछ ।

सन् २०१८ मा रुसमा भएको विश्वकपमा प्रि–क्वाटरफाइनलमा फ्रान्ससँग पराजित भएपछि जर्ज साम्पाओलीलाई प्रतिस्थापन गर्दै स्कालोनीले अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका थिए । एएफएका अध्यक्ष चिक्की टापियाले प्रशिक्षक स्कालोनीसँगको सम्झौता नविकरण पुष्टि गरेका छन् ।

‘म तपाईलाई यो कुरा सुनाउन पाउँदा गर्व महसुस गर्छु कि हामीले २०२६ को विश्वकपसम्म अर्जेन्टिनाको प्रशिक्षकको रुपमा स्कोलानीलाई निरन्तरता दिने कुरामा सहमत भएका छौं । हामी राष्ट्रिय टोलीको विस्तृत परियोजनामा प्रतिबद्ध छौं ।’ तापियाले भने । अध्यक्ष तापियाले सामाजिक सन्जालमा स्कोलानीसँगको तस्विर शेयर गरेका छन् । तस्विरमा दुवै जना मुस्कुराएका छन् ।

दुई महिनाभित्रै कतारमा हुने विश्वकपमा अर्जेन्टिनालाई च्याम्पियन बनाउने चुनौती स्कोलानीसँग छ । तर, एएफएले कतार विश्वकप अघि नै उनीमाथि विश्वास देखाउँदै सन् २०२६ सम्मको लागि सम्झौता नविकरण गरेको छ ।

जमैकामाथिको जितसँगै स्कोलानीले पनि अर्जेन्टिनाकै प्रशिक्षकको रुपमा निरन्तरता दिन इच्छा व्यक्त गरेका थिए । ‘म राष्ट्रिय टोलीमा रहिरहन चहान्छु । मेरो अध्यक्ष तापियासँग राम्रो सम्वन्ध छ । हामीले भेट्यौं । हामी लयमा छौं ।’ ४४ वर्षीय स्कोलानीले भने ।

लियोनेल मेस्सी, पाउलो डिबाला र लोउटारो मार्टिनेजजस्ता फरवार्डहरु पछिल्लो महिना लयमा रहँदा अर्जेन्टिनालाई कतार विश्वकपमा दावेदार टोलीको रुपमा हेरिएको छ ।

२०१७–१८ मा सहायक प्रशिक्षक र २०१८ मा अन्तरिम प्रशिक्षक हुँदै अर्जेन्टिनाको मुख्य प्रशिक्षक बनेका स्कोलानीको प्रशिक्षणमा अर्जेन्टिनाले ४९ खेल खेल्दा ३३ जित, १२ बराबरी र ४ हारको नतिजा निकालेको छ ।

स्कोलानीकै प्रशिक्षणमा अर्जेन्टिनाले गत वर्ष कोपा अमेरिका कप र फाइनालिसिमाको उपाधि जितेको थियो ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सानदार जित

डि मारियाको ह्याट्रिकमा युभेन्ट्सकाे सानदार जित

24/02/2023

  • लेब्रोन जेम्स, जसले तोडे ३९ वर्षको रेकर्ड

    09/02/2023

  • सिरि ए फुटबलमा युभेन्टस र नापोलीको शानदार सुरुआत

    16/08/2022

  • मार्सेसँग पराजित भएपछि पीएसजी फ्रेन्च कपबाट बाहिर

    09/02/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.