इंग्लिस युवा विंगर जेडान सान्चोको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित निकालेको छ ।
युनाइटेडले घरेलु टोली लेस्टर सिटीमाथि १–० को झिनो जित दर्ता गरेको हो । युनाइटेडको जितमा सान्चोले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २३औं मिनेटमा मार्कुस रासफोर्डको पासमा गोल गर्न सफल भएका थिए ।
किङ पावर स्टेडियम लेस्टरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले पाहुना टोलीलाई बल पोसेसन राख्दै दवाव सिर्जना गरेपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो ।
सुरुवाती दुइै खेल गुमाएर युनाइटेडले त्यसपछि लगातार तेस्रो जित निकालेको हो । लगातार तेस्रो जितसँगै युनाइटेड ५ खेलबाट ९ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । पराजित लेस्टर १ अंक जोडेर पुछारमा छ ।