• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » साउदीलाई हराएपनि मेक्सिको नकआउट चरणमा पुगेन

साउदीलाई हराएपनि मेक्सिको नकआउट चरणमा पुगेन

01/12/2022

साउदी अरेबियालाई समूहको अन्तिम खेलमा पराजित गरेपनि मेक्सिको फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गर्न असफल बनेको छ । लुसेल रंगशालामा बुधबार २-१ को जित दर्ता गरेपनि गोलअन्तरमा पोल्यान्डभन्दा पछि रहेपछि मेक्सिको तेस्रो भयो ।

खेलको तेस्रो मिनेटमा नै मेक्सिकोले अग्रता लिने अवसर पाएको थियो । एलेक्सिस भेगाले अफसाइड ट्रयाप बिट गर्दै गोलरक्षकसँग वन भर्सेस वनको स्थितिमा प्रहार गर्न पाएका थिए । तर गोलरक्षक मोहमद अलोवाइसले अघि बढ्दै उत्कृष्ट बचाउ गरे । लगत्तै अर्कोतर्फ सालेह अल शेहरीको प्रहार गोलरक्षक गिलेर्मे ओचोआले सहजै बचाए ।

२३ औं मिनेटमा लुइस चाभेजको पेनाल्टी क्षेत्र बाहिरको प्रहारले गोलरक्षक अलोवाइसलाई खस समस्या दिन सकेन । इन्ज्युरी समयमा साउदीका अल शेहरीले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर बिट गरेपनि अन्तिम प्रहार गर्न पाएनन् ।

दोस्रो हाफको सुरुवातमा मेक्सिकोले लगातार दुई गोल गर्दै खेलमा पकड जमायो । हेनरी मार्टिनले मेक्सिकोका लागि ४८ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । कर्नरमा सेजार मोन्टेसको फ्लिकलाई मार्टिनले ६ यार्ड बक्स नजिकबाट गोलमा परिणत गरे ।

५२ औं मिनेटमा मेक्सिकोले अग्रता दोब्बर पार्यो । लुइस चाभेजले फ्रिकिकमा दर्शनीय गोल गर्दै मेक्सिकोलाई जिततर्फ उन्मुख गराए । उनले झन्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकलाई टप कर्नरमा गोल गरेका थिए ।

६७ औं मिनेटमा हर्भीङ लोजानोको प्रहार गोलरक्षक अलोवाइसले विफल पार्दै खेलमा फर्कने सम्भावना जीवित राखे ।

इन्ज्युरी समयमा साउदीले गोल गरेपछि मेक्सिको गोलअन्तर कम हुन पुगेको थियो । सालेम अल दसारीले गोल गर्दै मेक्सिकोलाई नकआउट चरणनजिक पुग्न दिएनन् ।

समूहको अर्को खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० ले हराएको थियो । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

पिएसजीको हार

पिएसजीको हार

16/01/2023

  • रोनाल्डोबिनाको म्यानचेस्टरको प्रभावशाली जित

    28/12/2022

  • लिभरपुलले टोटेनहमलाई हरायो

    07/11/2022

  • राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

    22/12/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.