• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » सर्बियालाई हराउँदै स्विटजरल्यान्ड नकआउट चरणमा

सर्बियालाई हराउँदै स्विटजरल्यान्ड नकआउट चरणमा

03/12/2022

फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह जी को उपविजेता बन्दै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा सर्बियामाथि ३-२ को रोमान्चक जितका साथ स्वीस टोली अन्तिम १६ मा स्थान बनाउन सफल भयो ।

स्वीस टोलीले खेलमा सुरुवाती अग्रता लिएपनि सर्बियाका दुई फरवार्डले लगातार गोल गर्दै अग्रता बदलेका थिए । तर पहिलो हाफको अन्त्यतिर स्विटजरल्यान्डले गोल गर्दै खेल बराबरीमा ल्यायो । दोस्रो हाफको सुरुवाती मिनेटमै गोल गर्दै स्वीस टोलीले अग्रता लियो । त्यसपछि थप गोल हुन नसक्दा स्विटजरल्यान्ड समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । अब स्विटजरल्यान्डले पोर्चुगलको सामना गर्नेछ ।

खेलको पहिलो मिनेटमा नै स्विटजरल्यान्डको अग्रता लिने प्रयासमा सर्बियाका गोलरक्षक भान्जा मिलिन्कोभिच साभिच बाधक बने । ग्रानिट झाकाको पहिलो प्रहार विफल पारेका उनले स्वीस खेलाडीको दोस्रो प्रयासलाई पनि पोस्टतर्फ जान दिएनन् ।

११ औं मिनेटमा सर्बियाको अग्रतासामु पोस्ट बाधक बन्यो । आन्द्रिजा जिभ्कोभिचले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारमा गोलरक्षक ग्रेगोर कोबेल बिट भएपनि बल पोस्टमा लाग्यो । शक्तिशाली प्रहारबाट आएको रिबाउन्ड पोस्टअघि रहेका एलेक्जेन्डर मित्रोभिच र डुसान भ्लाहोभिचलाई लाग्दै गोलरक्षक कोबेलकै हातमा पुगेको थियो ।

२० औं मिनेटमा स्विटजरल्यान्डले जेर्डान शाकिरीको गोलमा अग्रता लियो । मोहमाथ सोउले पेनाल्टी क्षेत्रभित्र मिलाएको पासमा शाकिरीले गरेको शक्तिशाली प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो ।

२७ औं मिनेटमा सर्बिया मित्रोभिचको गोलसँगै खेल बराबरी गर्न सफल भयो । कप्तान डुसान टाडिचको क्रसलाई मित्रोभिचले हेडरमार्फत गोल गरेका थिए । उनको हेडर गोलरक्षक कोबेलले बचाउन सकेनन् ।

३५ औं मिनेटमा सर्बियाले भ्लाहोभिचको गोलमा अग्रता लियो । मित्रोभिचले स्विस डिफेन्स र मिडफिल्डको बिचमा फुस्किएको बल अघि बढाउँदै खेलेको चलाखीपूर्ण पास खेले । उक्त पासलाई स्वीस डिफेन्सले क्लियर गर्न नसक्दा भ्लाहोभिचले गोलरक्षक कोबेललाई कुनै अवसर नदिई गोलमा परिणत गरे ।

४४ औं मिनेटमा स्विटजरल्यान्डले पनि बराबरी गोल फर्कायो । सिल्भान विडमरको लो क्रसलाई ब्रील एम्बोलोले सहजै गोलमा परिणत गरे ।

दोस्रो हाफको सुरुवातमै स्वीस टोलीले टिम मुभमा सुन्दर गोल गर्यो । रेमो फ्रुएलरले अन्तिम प्रहारमार्फत गोल गरेपनि एम्बोलो र सोउले एक आपसमा पास खेल्दै सर्बियाको डिफेन्सलाई बल बचाउने कुनै अवसर दिएनन् ।

अर्को खेलमा ब्राजिल क्यामरुनसँग १-० ले पराजित भयो । हारका बाबजुद ब्राजिल ३ खेलमा ६ अंक जोड्दै समूहको शीर्षस्थानमा रहयो । स्विटजरल्यान्ड ६ अंकका साथ समूह उपविजेता बन्यो । समान अंक भएपनि गोल अन्तरमा स्विस टोली (+१) भन्दा ब्राजिल (+२) एक गोलले अघि रहयो । क्यामरुनले ४ अंक जोड्दै तेस्रो हुँदा १ अंक जोडेको सर्बिया पुछारमा रहयो ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

विश्वकपका लागि ब्राजिलको टोली घोषणा

विश्वकपका लागि ब्राजिलको टोली घोषणा

08/11/2022

  • मुसिएला चम्कँदा बायर्नको सानदार जित

    02/10/2022

  • बेन्जेमालाई पिचिची अवार्ड

    29/09/2022

  • फुटबलका शाक्यलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

    30/07/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.