श्रीलंकाले टि२० एसिया कप २०२२ को सुपर फोरमा अफगानिस्तानमाथि ४ विकेटको सानदार जित हात पारेको छ । यो जितसँगै श्रीलंकाको शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना बलियो बनाएको छ ।
जितको लागि १ सय ७६ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । श्रीलंकाको जितमा धनुष्का गुणाथिलकाले २० बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए । भानुका राजपक्षेले १४ बलमा ४ चौका र १ छक्कासहित ३१ रन बनाउँदै श्रीलंकाको जित पक्का गराए ।
श्रीलंकालाई ओपनर पाथुम निसंका र कुशल मेन्डिसले पहिलो विकटका लागि ६.३ ओभरमा ६२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कुशल १९ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा आउट भए । निसंका २८ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए ।
वानिन्दु हसरंगा ९ बलमा ३ चौकासहित १६ रनमा अविजित रहे । चामिका करुणारत्ने विजयी चौका प्रहार गर्दै ५ रनमा अविजित रहे । अफगानिस्तानका मुजिब उर रहमानले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए । नविन उल हकले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । राशिद खानले ४ ओभरमा ३९ रन खर्चेर १ विकेट लिए ।
त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको अफगानिस्ताानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो ।
अफगानिस्तानका विकेटकिपर गुरबाजले ४५ बलमा ४ चौका र ६ छक्कासहित सर्वाधिक ८४ रनको योगदान दिए । ईब्राहिम जद्रान ३८ बलमा २ चौका र १ छक्कासहित ४० रनमा क्याच आउट भए । दोस्रो विकेटका लागि इब्राहिम र गुरबाजले ६४ बलमा ९३ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

पहिलो विकेटका लागि गुरबाज र हज्रातुल्लाह जजाईले ४.५ ओभरमा ४६ रनको साझेदारी गर्दै राम्रो सुरुवाद दिलाए । जजाई दिलशान मदुशनकाको बलमा १३ रनमा बोल्ड आउट भए । मोहम्मद नाबी एक र नाजिबुल्लाह जद्रान १७ रनमा आउट भए ।
१९ औं ओभरमा स्पिनर महेश थिक्सनाले मात्र तीन रन खर्चिएका थिए । अन्तिम ओभरमा असिथा फ्रेनान्डाले राशिद खानलाई ९ रन दिएका थिए । राशिद ७ बलमा ९ रनमा रन आउट भए ।
श्रीलंकाका दिलशान मदुशनकाले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । स्पिनर महेश थिक्सनाले ४ ओभरमा ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । वानिन्दु हसरंगाले ४ ओभरमा २३ रन खर्चिएपनि विकेट लिन सकेनन् । असिथा फ्रेनान्डोले एक विकेट लिए ।
अफगानिस्तानले बुधबार पाकिस्तानसँग खेल्नेछ । श्रीलंकाले मंगलबार भारतसँग खेल्नेछ । सुपर फोरमा लिगको खेलपछि शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् । आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।