• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
    • SART FESTIVAL BONUS
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • Olympic Paris 2024
    • EURO 2024
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
    • Video
  • CASINO
    • BETTING TIPS
    • Roulette
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » विश्वकप २०२२: कतारमा फुटबल बाहेक के हुँदैछ?

विश्वकप २०२२: कतारमा फुटबल बाहेक के हुँदैछ?

08/11/2022

विश्वका उत्कृष्ट फुटबल टोलीहरू मध्ये ३२ मात्र होइन,  यस महिना विश्वका लाखौं फुटबल समर्थकहरू कतार पुग्नेछन् । विश्वका केही प्रसिद्ध कलाकर्मीले आफ्नो कला प्रस्तुत गर्नका लागि कतारको यात्राका लागि बाटोमै रहेका छन् । उनीहरुले त्यँहा आउने आगन्तुकहरू र स्थानीयलाई फुटबल भन्दा धेरै कुरा गर्नका लागि आफ्ने प्रस्तुतीबाट हैसाउनेछन् ।

कतार यस महिनाको अन्तिमा विश्वव्यापी रुपमा विश्वका  अनुमानित पाँच अर्ब मानिसहरू जो पृथ्वीको आधा भन्दा बढी जनसंख्याले फुटबलको महाकुम्भ फिफा विश्वकप खेलहरूमा हेर्ने अपेक्षा गरिएको छ। विश्वले हेर्दै कतार यस विश्वकपलाई सफल बनाउन कटिबद्ध रहेकोछ।

कतारले सन् २०२२ को विश्वकप आयोजना गर्ने अधिकार पाएको १२ वर्षमा दर्जनौं होटल र मनोरञ्जन कम्प्लेक्स निर्माण भएका छन्। नयाँ मनोरञ्जन स्थलहरू, समुद्र तटहरू, रिसोर्टहरू, संग्रहालयहरू, र रेस्टुरेन्टहरू – यो कतार विश्वकपको प्याकेजको एक अंग रहनेछन् ।

विश्वकप चलिरहेको बेलामा एकैसाथ तीनवटा भन्दा बढी सांगीत महोत्सव चलिरहेका हुनेछन् ्। फ्यानहरूले ब्लाक आइड पीइज र आरमिन भान बुरेनको प्रस्तुतीबाट मज्जा लिन पाउनेछन् ।
एनरिक इग्लेसियासले शुक्रबार दोहा गल्फ क्लबमा प्रस्तुती दिने छन् र त्यही स्थानमा ब्ल्याक आइड पीजले पनि आफ्नो प्रस्तुती दिने अपेक्षा गरिएको छ ।
तीनवटा स्टेजबाट आर्केडिया फेस्टिभलमा १०० भन्दा बढी अन्तर्राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुती दिएर समर्थकलाई आकर्षित गर्नेछ र यो क्रम नोभेम्बर १९ देखि फाइनलको अर्को दिन डिसेम्बर १९ सम्म चल्नेछ।

कार्यक्रममा फायर–ब्रेथिङ ५०–टन स्पाइडर र लेजर–हेभी रिएक्टर स्टेज सेट समावेश छ। यसै बीचमा डे ड्रिम फेस्टिबल, टियष्टो, अलेशो, एटिबी र पाउल भ्यान डाइक लगायतकाले दोहा गल्फ क्लवमा प्रस्तुती दिनेछन् ।

कतारको प्रतिष्ठित इस्लामिक कला संग्रहालय गत महिना सर्वसाधारणका लागि पुनः खोलिएको छ। २०२२ मा आगन्तुकहरूको लागि नयाँ खोल्ने लहरहरू मध्ये कतार ओलम्पिक र खेलकुद संग्रहालय रहनेछन् ।

विश्व कप हेर्न १२ लाखभन्दा बढी दर्शक कतार जाने अपेक्षा गरिएको छ । अहिलेसम्म विश्वकपका करिब २९ लाख टिकट बिक्री भइसकेको छ ।

कतार आउने फुटबल समर्थकका लागि अपार्टमेन्ट, होटल, डेजर्ट क्याम्प, भिला, फ्यान भिलेज र क्रुजका क्याबिनहरू समेत उपलब्ध गराइएको छ। केही समर्थकहरुले युएई, ओमान र इरानमा बस्न सक्नेछन र कतारमा रात नबिताइ फुटबल हेर्नको लागि “सटल“ उडानमा उडान गर्न पाउनेछन् ।

सेप्टेम्बरमा मात्र एक लाख ५१ हजार आगन्तुकहरू कतार आएका छन् । यो संख्या पछिल्लो पाँच वर्ष यता कै उच्च रहेको छ । कतार पर्यटन प्राधिकरणका अनुसार साउदी अरेबियाको नेतृत्वमा रहेको कुल अन्तर्राष्ट्रिय आगमनको ४४ प्रतिशत अन्य खाडी सहयोग परिषद् (जीसीसी) राष्ट्रहरूबाट आएको आगमन हो।

२०२२ को विश्वकप आयोजक कतारले भनको छ “कतारले विश्वकपको अवधि भर सम्पूर्ण परिवारका लागि सांस्कृतिक र मनोरञ्जन विकल्पहरूको एक विशाल श्रृंखलाको आयोजना गर्नेछ“।

“विश्वकपको अलवा देशव्यापी रुपमा ९० भन्दा बढी ठाँउमा कार्यक्रमको आयोजना गर्नेछ । ती मध्ये प्रमुख कार्यक्रमहरूमा खेलको प्रत्यक्ष प्रशारण, म्युजिकल इभेन्टस, सांस्कृतिक प्रदर्शनहरू र सडक प्रदर्शनहरू हुनेछन्,“ कतारले भनेको छ ।

कतारको राजधानी दोहामा नोभेम्बरको सुरुदेखि नै कोर्निचलाई पैदलयात्री बनाइएको छ र पानीको छेउमा रहेको ६ किलोमिटर (३.७ माइल) सडकमा “रोभिङ प्रदर्शन, सांस्कृतिक गतिविधि, खाना र पेय पदार्थ स्टलहरू, र खुद्रा बिक्रीको विशेषता रहेको कार्निवलको आयेजना हुनेछ।

संख्यालाई ध्यानमा राख्दै, कतारले विश्वकपका लागि चुस्त सुरक्षा व्यवस्था मिलाएर सफल  रुपमा विश्वकप सम्पन्न गर्नका लागि दशौं हजार सुरक्षाकर्मीलाई तैनाथ गर्नेछ ।
कतारल मोरक्को, पाकिस्तान, बेलायत, टर्की र नाटो लगायत धेरै देशहरूसँग धेरै सुरक्षा सहयोग सम्झौताहरू हस्ताक्षर गरेको छ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

BETTING TIPS

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

इंग्ल्याण्ड विरुद्ध वेस्ट इन्डिज दोस्रो टेस्ट: जीतको लागि वेस्ट इन्डिजले बलिङ पहिले गर्नुपर्ने

18/07/2024

  • भारत बनाम दक्षिण अफ्रिका टी20 विश्वकप फाइनल: चकित पार्ने सुझावहरू

    29/06/2024

  • टी-२० विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्ड र भारतको रोमाञ्चक भिडन्त

    27/06/2024

  • अस्ट्रेलिया बनाम भारत टी-२० विश्वकप: कोहलीको सामना र रोमाञ्चक भविष्यवाणीहरू

    24/06/2024

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

SART MEGA LUCK EVENT – Main Prize Lucky Draw [02.Sep.2024]

02/09/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 27th August 2024)

    27/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 20th August 2024)

    20/08/2024

  • SART MEGA LUCK EVENT – Weekly Lucky Draw Winners ( 13th August 2024)

    13/08/2024

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.