• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
    • Membership TIER
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » विश्वकप फाइनल : मेस्सीले तोड्न सक्लान युरोपको दबदवा

विश्वकप फाइनल : मेस्सीले तोड्न सक्लान युरोपको दबदवा

17/12/2022

फिफा विश्वकप फुटबलको फाइनल खेल आइतबार राति पौने ९ बजे हुने छ। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने छ। अर्जेन्टिनाले फाइनल जित्यो भने ३६ वर्षपछि विश्व च्याम्पियन बन्ने छ। फ्रान्सले जित्दा लगातार दोस्रो र समग्रमा तेस्रो उपाधि हुने छ।

अर्जेन्टिनाले पनि विश्वकपको इतिहासमा दुई पटक उपाधि जितेकाले तेस्रो उपाधि जित्ने रणनीतिका साथ मैदान उत्रने छ। अर्जेन्टिना ३६ वर्षअघि अर्थात सन् १९८६ मा च्याम्पियन बनेको थियो। अहिले स्टार खेलाडी लियोनल मेस्सी आफ्नो करियरको अन्तिम विश्वकप खेल्दै छन् भने उनी आफू पहिलो पटक विश्वकप उपाधि जित्न चाहन्छ। उता, फ्रानसले जित्दा ६० वर्षको कीर्तिमान तोडिने छ।
डिफेन्डिङ च्याम्पियनका रूपमा ब्राजिलले १९६२ मा गरेको थियो भने इटालीले १९३८ मा लगातार उपाधि जितेको थियो।

फिफामा विश्वका सबै महादेशका टोलीहरू सहभागी हुन्छन्। तर, जब यो उपाधि जित्ने कुरा आउँछ, यो युरोप र ल्याटिन अमेरिकामा सीमित छ। हालसम्म आयोजित २१ औं विश्वकपसम्म अहिलेसम्म दुई महादेशका देशले मात्रै  ट्रफी जितेका छन्।

पछिल्ला पाँच उपाधि युरोपको नाममा छ। यसपटक पनि फाइनल खेल युरोप र ल्याटिन अमेरिकाबीच हुँदैछ। फ्रान्स एकातिर र अर्जेन्टिना अर्कोतिर।

यस पटक लियोनल मेस्सीको जादुले युरोपको जादू तोड्न सक्छन त ? 

कतारमा जारी फिफा विश्वकप अघि २१ पटक यो प्रतियोगिता आयोजना भइसकेको छ। युरोपका टोली १२ पटक च्याम्पियन बनेका छन्। योसँगै ल्याटिन अमेरिकी टोलीले ९ पटक उपाधि जितेका छन्। युरोपका लागि पाँच टोलीले मिलेर यी १२ उपाधि जितेका छन्। जर्मनी र इटालीले सबैभन्दा बढी ४–४ उपाधि जितेका छन्। योसँगै फ्रान्सले दुई उपाधि जितेको छ। इंग्ल्याण्ड र स्पेनले १–१ पटक उपाधि जितेका छन्। ल्याटिन अमेरिकाबाट तीन देशले मिलेर ९ उपाधि जितेका छन्। ब्राजिल पाँच पटक च्याम्पियन बनेको छ भने अर्जेन्टिना र उरुग्वेले दुई–दुई पटक उपाधि जितेका छन्।

यसपटक पनि नयाँ च्याम्पियन हुने छैन

कतार विश्वकपको फाइनल फ्रान्स र अर्जेन्टिनाबीच हुँदैछ। दुवै टोलीले यसअघि नै विश्वकप जितिसकेका छन्। अर्थात् यसपटक पनि नयाँ विश्व च्याम्पियन भेटिने छैन। फुटबलले पछिल्लो पटक २०१० मा नयाँ च्याम्पियन पाएको थियो। त्यतिबेला स्पेनले उपाधि जितेको थियो।

पछिल्लो पटक सन् २००२ मा ल्याटिन अमेरिकाले विश्वकप ट्रफी जितेको थियो। त्यतिबेला फाइनलमा जर्मनीलाई २–० ले हराउँदै ब्राजिलले उपाधि जितेको हो। ब्राजिलको त्यो जितपछि ल्याटिन अमेरिकाले विश्वकप जित्ने हिसाबले युरोपलाई पछि पारेको छ।

२००२ को जित ब्राजिलको पाँचौं र ल्याटिन अमेरिकाको नवौं उपाधि थियो। त्यतिबेलासम्म युरोपमा जम्मा ८ वटा ट्रफी थियो। तर, त्यसपछि सन् २००६ मा इटाली, २०१० मा स्पेन, २०१४ मा जर्मनी र २०१८ मा फ्रान्सले उपाधि जितेर युरोपको अग्रता बलियो बनाइसकेको छ।

फाइनलमा फ्रान्स र अर्जेन्टिनाको भिडन्त वर्तमान र भविष्यको हो भन्न सकिन्छ। पछिल्लो २ दशकका स्टार खेलाडी लियोनल मेस्सी अर्जेन्टिनाबाट खेलिरहेका छन्। अर्कोतर्फ फ्रान्सबाट फुटबलका उदाउँदो स्टार केलियन एमबाप्पे फ्रन्ट लाइनमा हुनेछन्। यस प्रतियोगितामा दुवै खेलाडीले समान (५) गोल गरेका छन्।

फ्रान्स र अर्जेन्टिना अन्तिम पटक २०१८ विश्वकपको नकआउट खेलमा भिडेका थिए। यी दुईबीच रोमाञ्चक खेल भएको थियो। उक्त खेल फ्रान्सले ४–३ ले जितेको थियो। जसका कारण अर्जेन्टिना विश्वकपबाट बाहिरिएको थियो। यसपटक अर्जेन्टिना अघिल्लो हारको बदला लिन चाहन्छ।

फ्रान्स डिफेन्डिङ च्याम्पियन हो र लगातार दोस्रो पटक फाइनलमा पुगेको छ। पछिल्लो विश्वकप जस्तै यस पटक पनि फ्रान्स फाइनलमा पुगेको हो। २०१८ मा, फ्रान्सले लुका मोड्रिचको टोली क्रोएसियाको सामना गरेको थियो।

तर, यसपटक फ्रान्सले मेस्सीको टोली अर्जेन्टिनासँग भिड्दैछ। यो विश्वकपअघि फ्रान्सका बेन्जेमा, पोग्बा, कान्टे र अंकुकु जस्ता ठूला खेलाडी घाइते भएका थिए। यसका बाबजुद पनि टोलीका म्यानेजर डिडियर डेसच्याम्प्सले सन्तुलित टोली निर्माण गर्दै लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पु¥याए। टोलीका ३६ वर्षीय स्ट्राइकर ओलिभर जिरुडले उत्कृष्ट हेडर प्रदर्शन गर्दै ४ गोल गरेका छन्। स्ट्राइकर केलियन एमबाप्पे गोल्डेन बुटको दौडमा छन्। उनले यो विश्वकपमा ५ गोल गरेका छन्।

डिफेन्सको हिसाबले फ्रान्स यस प्रतियोगितामा अलि कमजोर देखियो। सेमिफाइनलमा, टोलीले मोरक्को विरुद्ध आफ्नो पहिलो क्लिन सिट राखेको थियो।

अर्जेन्टिना सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको थियो। फाइनलमा जर्मनीले १–० ले हराएको थियो। लियोनल मेस्सीका लागि यो विश्वकप दोस्रो फाइनल हुनेछ। यस विश्वकपमा अर्जेन्टिना पहिलो खेलमा साउदी अरेबियासँग पराजित भएको थियो। तर, यसपछि अर्जेन्टिनाले हरेक खेलमा उत्कृष्ट प्रदर्शन गरेको छ। टोलीले हरेक खेलमा पहिलेभन्दा राम्रो खेलिरहेको छ। अर्जेन्टिनाले सेमिफाइनलमा यस विश्वकपमा आफ्नो टोलीको सबैभन्दा ठूलो जित हासिल गरेको छ। उसले क्रोएसियालाई ३–० ले हराएको थियो।

यस्तो अवस्थामा यी दुईबीच बराबरी प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।

एन्टोनी ग्रिजम्यानको अलराउन्ड प्रदर्शन

फ्रान्सका एन्टोनी ग्रिजम्यान टोलीका लागि गेम चेन्जर साबित हुन सक्छन्। उनले अट्याकिङ मिडफिल्ड पोजिसनमा खेल्दै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्। ग्रिजम्यानले मोरक्कोविरुद्ध अलराउन्ड प्रदर्शन गरेका थिए। उनीसँग ८१ प्रतिशत पासिंग एक्युरेसी थियो।

जुलियन अल्भारेज 

२२ वर्षीय अर्जेन्टिनाका स्ट्राइकर जुलियन अल्भारेज अर्जेन्टिनाका लागि गेम चेन्जर हुन सक्छन्। उनले सेमिफाइनलमा क्रोएशियाविरुद्ध २ गोल गरेका थिए। विश्वकपमा उनले पनि ४ गोल गरिसकेका छन्। जारी विश्वकपमा उनको प्रदर्शन पनि लोभलाग्दो छ।

Share
Tweet

RELATED ARTICLES

  • विश्वविजेता टोलीलाई अर्जेन्टिनामा भव्य स्वागत

    21/12/2022

  • पिएसजी पुगेलगत्तै विश्व च्याम्पियन बनेका स्टारहरु

    21/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

  • मेस्सी – फुटबल कर्मले सर्वमान्य महान

    19/12/2022

  • मेस्सी विश्वकपकै सर्वोत्कृष्ट

    19/12/2022

  • एमबाप्पेलाई विश्वकपको गोल्डेन बुट

    19/12/2022

Sport News

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

विश्वकप क्रिकेटको मस्कट सार्वजनिक

20/08/2023

  • टोटनहमसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

    20/08/2023

  • न्युक्यासलमाथि सिटिको जित

    20/08/2023

  • पीएसजी बराबरीमा रोकियो, लियोन मोन्टपेलियरसँग पराजित

    20/08/2023

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.