• Whatsapp Us
  • Login
  • Register

Sart News

Sports News - Livescore

  • Home
  • Events
  • PROMOTION
  • Lotteries
    • How To Play
    • Result
  • Recharge & Discharge
    • NPR -> USD RECHARGE
    • USD -> NPR DISCHARGE
  • Live Score
  • Sport News
    • FIFA World Cup
    • Football
    • Cricket
    • Other Sports
  • Casino
    • Roulette
  • Video
  • About Us
    • Contact Us
    • About Us
    • AFFILIATE
Home » Sport News » Football » लेवान्डोस्की चम्कँदा बार्सिलोना विजयी

लेवान्डोस्की चम्कँदा बार्सिलोना विजयी

22/08/2022

एजेन्सी – पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीको दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा पहिलो जित निकालेको छ ।

 

बार्सिलोनाले रियल सोसिडाडमाथि उसकै मैदानमा ४–१ को सहज जित निकालेको हो । बार्सिलोनाको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा औसमाने डेम्वेले र अन्सु फातीले समान एक गोल गरे ।

आइतबार राति भएको खेलको पहिलो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भए । छैटौं मिनेटमा एलेक्सान्डर इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याउदा पहिलो हाफ बराबरीमा सकिएको थियो ।

तर, सोसिडाडले बार्सिलोनालाई दोस्रो हाफमा रोक्न सकेन । परिवर्तित खेलाडी अन्सु फाती दोस्रो हाफको तीन गोलमा सम्मिलित भए । ६४औं मिनेटमा फेरान टोरेसको स्थानमा मैदान छिरेका फातीले ६६औं मिनेटमा औसमाने डेम्वेलेको गोलमा असिस्ट दिए ।

६८औं मिनेटमा लेवान्डोस्कीको दोस्रो तथा टोलीको तेस्रो गोलमा फातीले असिस्ट प्रदान गरे । त्यसपछि फातीले ७९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो जित दिलाए । बार्सिलोना यसअघि पहिलो खेलमा रायो भालेकानोसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

पहिलो जितसँगै बार्सिलोना दुई खेलबाट ४ अंक जोडेर ४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पहिलो हार बेहोरेको सोसिडाड ३ अंक जोडेर १०औं स्थानमा रहेको छ ।

ला लिगाकै अर्काे खेलमा भिल्लारियलले एट्लेटिको म्याड्रिडलाई २–० ले पराजित गरेको छ । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनो गोल गरे ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नाहुइल मोलिना सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा समेटिन पुगेको थियो । त्यसपछि भिल्लारियलले एक गोल थपेको थियो ।

यो जितसँगै भिल्लारियलले रियल म्याड्रिडलाई गोल अन्तरमा पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक भएपनि भिल्लारियल शीर्षमा रहेको छ । पराजित एट्लेटिको ३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा एथलेटिको बिल्वाओले भ्यालेन्सियालाई १–० ले पराजित गरेको छ ।

Share
Tweet

RELATED ARTICLES

  • मेस्सीलाई दुई साताको प्रतिबन्ध

    03/05/2023

  • रियल म्याड्रिड स्तब्ध

    03/05/2023

  • एन्टोनी चम्कँदा युनाइटेडको जित

    17/04/2023

  • युभेन्ट्सको हार, रोमा विजयी

    17/04/2023

  • हालान्ड चम्कँदा सिटीको सहज जित

    16/04/2023

  • ब्राइटनसँग चेल्सीको हार

    16/04/2023

Sport News

क्यासेमिरोको गोलमा ब्राजिलको दोस्रो जित

क्यासेमिरोको गोलमा ब्राजिलको दोस्रो जित

29/11/2022

  • फुटबलका शाक्यलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान

    30/07/2022

  • शीर्ष पाँच कान्छा फिफा विश्वकप विजेताहरू

    08/11/2022

  • नेयमारको गोलमा पिएसजीको जित

    11/09/2022

Category Sports
  • Football
  • Cricket
  • Other Sports

Casio News

Happy Nepali New Year

Happy Nepali New Year

13/04/2023

  • BIGGEST WINNER OF THE DAY!! (JAN.09.2023)

    09/01/2023

  • SART88 FUNKY CHRISTMAS

    24/12/2022

  • Congratulation to the winners !!!

    19/12/2022

About Us

Sart88 is a fully licensed company. We recognize that betting and gaming a forms of entertainment. Set up in 2009, SART88 is now an established operator with a team of qualified, experienced professionals who strive to provide our customers with the best online entertainment experience through excellent product offerings and superior customer service.

Working Hours

Nepal Time: 24 / 7 Online Service

Vietnam Time: 24 / 7 Online Service

Malaysia Time: 24 / 7 Online Service

Thailand Time: 24 / 7 Online Service

India Time: 24 / 7 Online Service

Bangladesh: 24 / 7 Online Service

Category Sports
  • Football
  • Cricket
  • Other Sports
Fanpage

Copyright © Sart-News.com. All rights reserved.